निःशुल्क शिविरमा ५६५ जनाको आँखा परीक्षण
रौतहट । गौर नगरपालिका स्थित आयोजित एक दिन निःशुल्क आँखा शिविरमा ५६५ जना मानिसको आँखाको परीक्षण गरिएको छ।
गौरका मेयर शम्भु साहको विशेष पहलमा आयोजित एक दिने निःशुल्क आँखाको शिविरमा ५६५ जनाको आँखा परीक्षण पछि ३३८ जनालाई निःशुल्क चस्मा वितरण गरिएको थियो। परीक्षण गरिएको मध्ये २२७ जना महिला पुरुषको आँखामा डाक्टरले मोतीबिन्दु रोग ठहर गरेको शिविर संयोजक गौर आँखा अस्पतालका प्रतिनिधि सत्येन्द्र पाण्डेले जानकारी दिएका छन्।
डाँक फाउन्डेसनको सहयोग गौर नगरपालिकाको आयोजना तथा नेपाल नेत्र ज्योति सङ्घ गौर आँखा अस्पताल पुरेनवाको प्राविधिक सहयोगमा शुक्रवार एकदिने निःशुल्क शिविरमा मोतीबिन्दु देखिएका बिरामीहरूलाई आइतबारदेखि पूरेनवा आँखा अस्पतालमा क्रमशः अपरेसन गरिने शिविर इन्चार्ज पाण्डेले बताए। बिरामीहरूलाई गौरबाट आँखा अस्पताल सम्म ओहोर दोहोर गर्न अस्पतालको बसले सेवा दिनेछ।
निःशुल्क शिविरमा नेत्र अधिकृत शिवकुमार यादव, नेत्रसहायकद्धय सुयोग्य मगर र अफताव आलम दर्जी सहित ९ जना प्राविधिक टोलीले बिरामीहरूको आँखाका परीक्षण गरेको थियो।
नेत्र ज्योति सङ्घ रौतहटका अध्यक्ष विजय सिंह, गौर आँखा अस्पतालका प्रशासकीय अधिकृत नागेश्वर प्रसाद चौधरी, लेखाअधिकृत पवन न्यौपानेले लगायतको टोलीले शिविरको निरीक्षण गरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण