लुम्बिनी प्रदेशसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
आइतबार, ०६ माघ २०८१, ०९ : ०८
बुटवल । लुम्बिनी प्रदेशसभा पाँचौँ अधिवेशनको तेस्रो बैठक आज दिउँसो बस्दै छ । एक बजे बस्ने बैठकमा पाँचौँ अधिवेशनबाट पारित भई प्रदेश प्रमुखको कार्यालयबाट प्रमाणीकरण भएका विधेयक सम्बन्धी प्राप्त पत्र सभामुखले पढेर सुनाउने, प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा बोल्ने सम्भावित कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए ।
यस्तै बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत गर्ने र सभामुखले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने र सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरूको जवाफ आर्थिक मामिला तथा योजना मन्त्री कार्कीले दिने कार्यसूची रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण