चिसो बढेपछि बाँकेका ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरिँदै
नेपालगञ्ज । केही दिनयता नेपालगञ्ज र आसपासका क्षेत्रमा शीतलहरसहित चिसो बढेपछि स्थानीय तहले ज्येष्ठ नागरिकलाई लक्षित गरी कम्बल वितरण सुरु गरेका छन् । आठ स्थानीय तह रहेको बाँकेका सम्बन्धित स्थानीय तहसँगको समन्वयमा पालिकाका विभिन्न चोकमा दाउरा बालेर आगो ताप्ने प्रबन्ध गरिएको जिल्ला विपद् व्यवस्थापन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए ।
जिल्लाको कोहलपुर नगरपालिकाका सबै वडाका एक सय ४० स्थानमा दाउरा वितरण गरेर आगो ताप्ने व्यवस्था मिलाइएको बताउँदै उहाँले विभिन्न पालिकामा हालसम्म चार सय ७५ कम्बल वितरण गरिएको उल्लेख गरे ।
“कम्बल वितरण ज्येष्ठ नागरिकलाई लक्षित गरेर विपद् व्यवस्थापन समितिबाट उपलब्ध गराइएको हो । विगत पाँच दिनदेखि यसलाई अभियानका रूपमा सञ्चालन गरिरहेका छौँ”, ज्ञवालीले भने, “अझै केहीदिन कम्बल वितरणलाई निरन्तरता दिनेछौँ । कतिपय ठाउँमा आज पनि कम्बल र दाउरा वितरण भइरहेका छन् ।” जानकी गाउँपालिकामा तीन सय ५० कम्बल वितरण भएको जानकारी दिँदै उहाँले पालिकाका छ वडामा दाउरासमेत वितरण भइरहेको बताए ।
केही दिनअघि बसेको जिल्ला विपद् व्यवस्था समितिको बैठकले जिल्लास्थित वन डिभिजन कार्यालयसँग सहुलियत दरमा दाउरा खरिद गरेर चिसोमा आगो ताप्ने प्रबन्ध गर्ने निर्णय गरेको थियो । अहिलेसम्म चिसो बढेपछि करिब ६० क्विन्टल दाउरा खरिद गरी जिल्लाका विभिन्न स्थानीय तहमा वितरण भएको छ ।
सूचना अधिकृत ज्ञवालीले अझै सबै पालिकामा वितरण भएको कम्बल र दाउराको विवरण सङ्कलन नभएको उल्लेख कतिपय पालिकामा केही दिनसम्म यो अभियानले निरन्तरता पाउने जानकारी दिए । अपुग भएमा थप पाँच सय कम्बल खरिद गरी पुनः वितरण गरिने उनले बताए ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले स्थानीय तहबाट लक्षित समुदायलाई कम्बल वितरण भइरहेको उल्लेख गर्दै चिसो बढेपछि निजी तथा सरकारी विद्यालय बन्द भएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण