कपिल शर्मा, राजपाल यादव, सुगन्ध मिश्रा र रेमो डिसुजालाई ज्यान मार्ने धम्की
नयाँदिल्ली । हास्य कलाकार तथा अभिनेता कपिल शर्मा र राजपाल यादवलाई ज्यान मार्ने धम्कीसहितको इमेल आएको छ । इमेल पाकिस्तानबाट पठाइएको भनिएको छ । यी दुई स्टार बाहेक, सुगंधा मिश्रा र रेमो डिसुजालाई पनि धम्की आएको छ । प्रहरीले यसबारे उजुरी दर्ता गरेको छ ।
के भन्छ प्रारम्भिक अनुसन्धान ?
अभिनेता राजपाल यादव, हास्य कलाकार कपिल शर्मा, सुगंधा मिश्रा र रेमो डिसुजालाई प्राप्त धम्कीपूर्ण इमेलहरूको मुद्दामा प्रहरीले एफआईआर दर्ता गरेर अनुसन्धान गरिरहेको छ । इमेलमा आठ घण्टाभित्र कुनै जवाफ नआएमा कारबाही गरिने धम्की दिइएको छ । धम्कीपूर्ण इमेल पाकिस्तानबाट पठाइएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलासा भएको भन्दै भारतीय सञ्चारमाध्यमले समाचार छापेका छन् ।
इमेलमा यी सेलिब्रेटीहरू मात्र नभएर उनीहरूका नजिकका व्यक्ति र आफन्तहरूलाई पनि लक्षित गरिएको छ । यस विषयमा मुम्बईको अम्बोली प्रहरीमा उजुरी दर्ता गरिएको छ । प्रहरीले धारा ३५१ (३) अन्तर्गत मुद्दा दायर गरेको छ । प्रहरी अनुसन्धानका अनुसार इमेलको आईपी ठेगाना पाकिस्तानको हो । हाल यी सेलिब्रेटी वा उनीहरूका परिवारबले धम्कीबारे कुनै बयान जारी गरिएको छैन ।
के छ इमेलमा ?
मिडिया रिपोर्टका अनुसार धम्कीपूर्ण इमेल विष्णु नामक व्यक्तिले पठाएका हुन् । ‘यो सबै हामी प्रचार स्टन्टको रूपमा गरिरहेका छैनौं । हामीसँग तपाईंका सबै गतिविधिका जानकारी छन् । हामी आगामी ८ घण्टा भित्र तपाईंबाट तत्काल प्रतिक्रियाको अपेक्षा गर्दछौं । यदि हामीले कुनै जवाफ पाएनौं भने, हामी मान्नेछौं कि तपाईंले यो कुरालाई गम्भीरतापूर्वक लिइरहनुभएको छैन– विष्णु ।’
प्रहरीले आईपी ठेगाना र अन्य प्राविधिक जानकारीको आधारमा इमेलको अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण