कालीकोटको दुर्गम गाउँमा खाद्य बिक्री केन्द्र स्थापना

मान्म ।कालीकोटको दुर्गम गाउँमा खाद्य बिक्री केन्द्र स्थापना भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले शुभकालिका गाउँपालिका–२ भर्ता नैनेलडाँडामा बिक्री केन्द्र स्थापना गरेको हो ।
गाउँमा खाद्यान्न बिक्री केन्द्र स्थापना भएपछि यहाँका स्थानीयलाई चामल किन्न घन्टौँ हिँडेर बजार पुग्नुपर्ने बाध्यता हटेको छ । शुभकालिका गाउँपालिका वडा नं २ का वडाध्यक्ष मनबहादुर शाहीले भने “गाउँका नागरिकले यसअघि चामल लिनका लागि सदरमुकाम मान्म जानुपर्ने बाध्यता रहेको थियो । सदरमुकाममा खाद्यान्न लिनका लागि खाद्यान्नको भन्दा महँगो गाडी भाडा तिर्नुपर्ने अवस्था थियो । ”
गाउँपालिकाको पहलमा केन्द्र स्थापना भएसँगै स्थानीयले सहज रुपमा अनुदानको चामल पाउने उनले जानकारी दिए। स्थानीय तहसँग मिलेर नागरिकलाई गुणस्तरीय खाद्यान्न उपलब्ध गराउने लक्ष्य रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कालीकोट शाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी बजेटमा लुम्बिनीको निजी क्षेत्र के चाहन्छ ?
-
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ हो : राष्ट्रपति पौडेल
-
स्थानीय, पश्चिमी र बङ्गालबाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभाव : आज यी प्रदेशमा हुनेछ वर्षा
-
महाकालीको बार आज कसलाई कति लाभ ? हेरौं राशिफल
-
विशिष्ट उपचार सेवा सातै प्रदेशमा, बीमाको आर्थिक संकटसँग जुध्ने प्रयास
-
ला लिगामा ३४ औं चरणका खेल सुरु, बार्सिलोना उपाधि नजिक