ट्रम्पले अवैध रुपमा गरे एक दर्जन संघीय निगरानीकर्ताहरुलाई बर्खास्त
काठमाडौं । ट्रम्प प्रशासनले कम्तिमा पनि एक दर्जन बढी संघीय निगरानीकर्ता एवं जाँचकर्तालाई बर्खास्त गरिदिएको छ । यसलाई अवैध कदम भनिएको छ भने यसैलाई लिएर अदालती चुनौतिको सामना गर्नु पर्ने सम्भावना रहने बताइएको छ ।
शनिबार सिनेटमा सिनेट अल्पसंख्यक नेता चक शूमरले यो कदमलाई वाचडग फायरिंगलाई ‘चिस्याउने सफाया’को संज्ञा दिए । डेमोक्र्याट शूमरले ‘यो बर्खास्तीले उनी दवाफदेहीताबाट भयभित छन् भन्ने तथ्यको उजागर हो । यो पारदर्शीताप्रतिको शत्रुता हो’ भने ।
बीबीसीको अमेरिकी साझेदार सीबीएसका अनुसार बर्खास्त निगरानीकर्ताको सूचीमा स्वास्थ्य एवं मानव सेवा विभागका महानिरीक्षक तथा लघु व्यवसाय प्रशासनका महानिरीक्षक समेत छन् ।
कृषि, वाणिज्य, रक्षा, शिक्षा, आवास तथा शहरी विकास, आन्तरिक, श्रम परिवहन र विज्ञ मामिला विभागकासाथै पर्यावरण संरक्षण एजेन्सीका निगरानीकर्तामाथि विचार गरिएको थियो ।
स्वतन्त्र निगरानीकर्ताहरु जो संघीय एजेन्सीभित्र काम गर्छन्, यद्यपि, एजेन्सी प्रमुखद्वारा नियन्त्रित हुँदैनन् । उनीहरु अव्यवस्था तथा सत्ताको दुरुपयोगविरुद्ध एक गार्डका रुपमा काम गर्ने जनशक्तिको रुपमा लिइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण