ट्रम्पले अवैध रुपमा गरे एक दर्जन संघीय निगरानीकर्ताहरुलाई बर्खास्त

काठमाडौं । ट्रम्प प्रशासनले कम्तिमा पनि एक दर्जन बढी संघीय निगरानीकर्ता एवं जाँचकर्तालाई बर्खास्त गरिदिएको छ । यसलाई अवैध कदम भनिएको छ भने यसैलाई लिएर अदालती चुनौतिको सामना गर्नु पर्ने सम्भावना रहने बताइएको छ ।
शनिबार सिनेटमा सिनेट अल्पसंख्यक नेता चक शूमरले यो कदमलाई वाचडग फायरिंगलाई ‘चिस्याउने सफाया’को संज्ञा दिए । डेमोक्र्याट शूमरले ‘यो बर्खास्तीले उनी दवाफदेहीताबाट भयभित छन् भन्ने तथ्यको उजागर हो । यो पारदर्शीताप्रतिको शत्रुता हो’ भने ।
बीबीसीको अमेरिकी साझेदार सीबीएसका अनुसार बर्खास्त निगरानीकर्ताको सूचीमा स्वास्थ्य एवं मानव सेवा विभागका महानिरीक्षक तथा लघु व्यवसाय प्रशासनका महानिरीक्षक समेत छन् ।
कृषि, वाणिज्य, रक्षा, शिक्षा, आवास तथा शहरी विकास, आन्तरिक, श्रम परिवहन र विज्ञ मामिला विभागकासाथै पर्यावरण संरक्षण एजेन्सीका निगरानीकर्तामाथि विचार गरिएको थियो ।
स्वतन्त्र निगरानीकर्ताहरु जो संघीय एजेन्सीभित्र काम गर्छन्, यद्यपि, एजेन्सी प्रमुखद्वारा नियन्त्रित हुँदैनन् । उनीहरु अव्यवस्था तथा सत्ताको दुरुपयोगविरुद्ध एक गार्डका रुपमा काम गर्ने जनशक्तिको रुपमा लिइन्छ ।