पर्स नबोकी हिँड्छन् आमिर खान ?
नयाँदिल्ली । बलिउड अभिनेता आमिर खानले पर्स नै नबोक्ने अभिनेता आर माधवनले बताएका छन् । साथीहरूले नै आमिरको पैसा तिर्ने गरेको पनि उनले बताए ।
आमिरले आफ्नो स्टारडमका कारण यस्तो गर्नु जायज भएको माधवनले बताए । आमिर र आर माधवनले रंग दे बसन्ती र ३ इडियट्स जस्ता फिल्ममा सँगै काम गरिसकेका छन् ।
युट्युब च्यानल जस्ट टू फिल्मीसँगको कुराकानीमा आर माधवनलाई तपाईँ साथमा पर्स बोक्नुहुन्छ ? भनेर सोधिएको थियो । यसको जवाफमा उनले ३ इडियट्सका सह–अभिनेता आमिर खान पर्स बिना यात्रा गर्छन् भनेका थिए । आफू यति ‘एक्सट्रिम’ कहिल्यै नहुने उनले बताएका थिए ।
आमिरको स्टारडमले उनलाई यसो गर्ने अनुमति दिने अनि उनलाई चाहिने सबै कुरा तिर्न उनीहरूसँग मानिसहरू भएको पनि उनले बताए । आमिरले सधैँ बचत गर्ने अनि धेरै खर्च नगर्ने पनि माधवनले बताए । आफूलाई मन पर्ने लक्जरी कार किन्नुअघि पनि उनले बजेटमा पूरा ध्यान दिने उनको भनाइ थियो ।
हालै माधवन ‘हिसाब बारबार’ फिल्ममा देखिएका थिए । अश्विनी धीरद्वारा निर्देशित यस थ्रिलर फिल्ममा कीर्ति कुल्हारी, नील नितिन मुकेश, रश्मी देसाई र फैजल रशीद पनि महत्त्वपूर्ण भूमिकामा थिए । छिटै उनी अक्षयकुमार र अनन्या पाण्डेको साथमा सी.शंकरन नायरको बायोपिकमा देखिँदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
-
अमेरिका–इरान सम्झौता अन्तिम नभएको ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण