कैलालीमा भूमि समस्या समाधान आयोगले थाल्यो काम
धनगढी । भूमि समस्या समाधान आयोग कैलालीले जिल्लामा १५ वर्षदेखि भोगचलन गर्दै आएका ऐलानी जग्गाको लालपुर्जा सम्बन्धित परिवारलाई वितरण गर्ने गरी काम थालेको छ ।
आयोगका कैलाली अध्यक्ष यज्ञराज उपाध्यायले २०६६ साल माघ २८ भन्दा अघिदेखि भोगचलन गर्दै आएका परिवारलाई भोगचलनकै आधारमा लालपुर्जा दिने गरी प्रक्रिया अघि बढाइएको जानकारी दिए ।
राष्ट्रिय वन तथा सामुदायिक वनहरूमा समेत उक्त समयदेखि बसोबास गर्दै आएकाहरूको नाममा पनि जग्गा धनी पुर्जा दिने उनको भनाइ छ । कैलालीका १३ वटै स्थानीय तहमा हालसम्म १ लाख ३४ हजार ४५५ जना भूमिहीनको तथ्याङ्क संकलन गरिएको छ ।
कैलालीका स्थानीय तहहरूले जग्गाको ६० प्रतिशत नाप–जाँचको काम गरिसकेका छन् । उपाध्यायले भने, ‘कैलालीमा तथ्यांक संकलन भइसकेको छ । जसमा भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीहरूको ६० प्रतिशत नापजाँचको काम सकिएको छ । अब बाँकी काम पनि अगाडि बढ्छ ।’
कार्यालय व्यवस्थापनसँगै आयोगका बाँकी सदस्य नियुक्ति प्रक्रिया एक हप्ताभित्रै टुंगिने बताइएको छ । यसअघि राष्ट्रिय भूमि आयोग कैलालीका अध्यक्ष रहिसकेका उपाध्यायले स्थानीय तहसँगको सहकार्यमा २/३ महिनाभित्र लालपुर्जाको काम थाल्ने बताए ।
उनले भने, ‘राजनीतिक फेरबदलले धेरै काम गर्न सकेनौँ । ११ महिना काम भएन । लगातार काम गर्न पाएको अवस्थामा धेरै काम भइसक्थ्यो । अब केही महिनामै देखिने गरी कामलाई अगाडि बढाउने तयारी छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण