पर्यटन बढाउन न्युजिल्यान्डमा खुकुलो पारियो ‘डिजिटल नोम्याड’ को भिसा नियम
वेलिङटन । न्यूजिल्यान्डले आफ्नो भिसा नियम खुकुलो पारेको छ । रिमोट वर्क गर्दै घुमफिर गर्ने मानिस अर्थात् डिजिटल नोम्याडहरूलाई आकर्षित गरेर पर्यटन क्षेत्रलाई बढवा दिन यस्तो कदम चालिएको हो ।
नयाँ नियमअन्तर्गत आगन्तुकहरू विदेशी रोजगारदाताका लागि रिमोर्ट वर्क गर्दै ९० दिनसम्म न्युजिल्यान्डमा बस्न र घुमफिर गर्न पाउनेछन् । तर यसका लागि उनीहरूले आवासीय कर भने तिर्नुपर्नेछ ।
भिसा नियममा गरिएको यस परिवर्तनले अतिथिहरूले बसाई अवधि लम्ब्याउने र यसबाट पर्यटकहरूले गर्ने खर्च पनि बढ्न अध्यागमन मन्त्री एरिका स्ट्यान्फोर्डले भनिन् । अहिले न्यूजिल्यान्डमा आर्थिक मन्दी छ ।
कोभिडको महामारीको समयमा सीमा बन्द गर्दा यहाँको पर्यटन क्षेत्र नराम्ररी प्रभावित भएको थियो । यो परिवर्तन पर्यटकसमेत सबै खाले आगन्तुक भिसामा लागू हुने भनिएको छ । तर यसका लागि विदेशमा रहेको रिमोट वर्क गर्नेलाई मात्रै न्यूजिल्यान्ड आउने अनुमति दिइने सरकारले बताएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण