राष्ट्रिय बुद्धिचाल प्रतियोगिता : रुपेश र सिन्दिराको अग्रता कायमै
काठमाडौँ । हेटौँडाको होटल सामना सभाहलमा जारी २५औँ पुरुष राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको तेस्रो दिन मंगलबार पाँच चरणका खेल सम्पन्न भएका छन् ।
प्रतियोगितामा एफएम रुपेश जैसवालले ४.५ अंक बटुलेका छन् । उनले आफ्ना निकट्तम प्रतिद्वन्द्वीसँग एक अंकको अग्रता लिएका छन् ।
मंगलबार सम्पन्न खेलमा रौतहटका रुपेशले वर्तमान नेपाल च्याम्पियन झापाका राजन सुवेदीलाई पराजित गरे । राजनले रुपेशविरुद्ध २३औँ चालमा रुक सी सेभेन गलत मुभ चाल्दा बी सिक्स पाउन गुमाउन पुगेका थिए । लगत्तै ए सेभेन पाउन पनि त्याग्नु पर्दा खेल रुपेशको पक्षमा गएको थियो ।
मकवानपुरका क्षितिज भण्डारी र झापाका शुश्रुत दहाल समान ३.५ अंक जोड्दै संयुक्त रुपमा दोस्रो स्थानमा छन् । एफएम क्षितिजले काठमाडौँका सीएम नवीन तण्डुकारलाई हराए भने सीएम शुश्रुतले भक्तपुरका विनय थापालाई पराजित गरे ।
अन्य तिनजना खेलाडी समान तीन–तीन अंकका साथ संयुक्त रुपमा तेस्रो स्थानमा आसिन छन् । दोलखाका आशिष फुयाल, काठमाडौँका पुरुषोत्तम सिलवाल र एफएम रिजेन्द्र राजभण्डारी तीन–तीन अंक हात पारेका हुन् ।
यसैगरी, १०औँ महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको पाँचौ खेल सम्पन्न हुदासम्म वर्तमान राष्ट्रिय च्याम्पियन सिन्दिरा जोशीले ४.५ अंक जोडेर अग्रस्थानमा छिन् । सिन्दिरा जोशीले चार जित र एक बराबरीको नतिजा निकालेकी छन् ।
प्रतियोगितामा पहिलो हार व्यहोरेकी एञ्जल महर्जन चार अंकसहित दोस्रो स्थानमा छिन् । काठमाडौँकी एञ्जलले हालसम्म चार जित र एक हारको नतिजा निकालेकी छन् । उनीसँगै काठमाडौँकै बिनिता कपालीको पनि चार अंक छ । उनले चार खेलमा जित हासिल गरेकी छन् ।
यसैगरी, बाँकेकी ईशा गिरी र मोरङकी शान्ति धिमालको समान ३.५ अंक छ । यी दुबै खेलाडीले समान तीन जित र एक बराबरीको नतिजा निकालेका छन् । नेपाल बुद्धिचाल महासंघको आयोजनामा सञ्चालन भइरहेको राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा बुधबार पनि दुई चरणको खेल खेलिने छ । प्रतियोगिता १९ गतेसम्म चल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण