साथीहरू ! तपाईंहरूले जङ्क फुड खानुहुन्छ ?
साथीहरू ! के तपाईंहरूले चाउचाउ, कुरकुरे, लेजजस्ता चिप्स, चकलेट, चाउमिन, पिज्जा, बर्गर अनि कोक, फ्यान्टा जस्ता जङ्क फुड कति खानुहुन्छ ? नखाने भए राम्रो ! खानुहुन्छ भने यस्ता खानेकुरा हामीलाई मिठो लागे पनि हाम्रो स्वास्थ्यका लागि हानिकारक छ है । हो, नपत्याए डाक्टरहरूलाई सोधी हेर्नुस् ।
हामीले पढ्ने स्वास्थ्यसम्बन्धी किताबमा पनि यी कुरा लेखिएका छन् । हामीलाई थाहा हुँदाहुँदै पनि यी खानेकुरा खाइरहेका हुन्छौँ, हाम्रा अभिभावकले पनि यिनै खानेकुरा हाम्रा लागि किनिदिनुहुन्छ । स्कुलमा यस्ता खानेकुरा लैजान नपाए पनि हामीहरू घरमा रहँदा, घुम्न वा पिकनिक जाँदा, फिल्म हेर्न जाँदा धेरै खान्छौँ । अमिलो, पिरो यस्ता खानेकुरा स्वादिलो भए पनि हाम्रो स्वास्थ्यलाई यसले खराब गर्छ । स्वादिलो बनाएर किनौँ किनौँ लाग्ने गरी डिजाइन गरिएको प्याकेटभित्र राखे पनि त्यसमा खान नहुने धेरै कुराहरू मिसाइएको हुन्छ । अनि प्याकेटभित्र ढुसी पनि परेको हुन्छ जसले हामीलाई फाइदा गर्दैन । यस्तो खाना खायो भने बिस्तारै रोगहरू लाग्दै जान्छन् । यस्ता खानेकुराको बानी लागेपछि आफ्नै घरमा तयार पारिएको खानेकुरा हामीलाई नमिठो लाग्न थाल्छ । तर पनि छिटो–मिठो भन्दै यस्तो खानेकुरा किनेर खाइरहेका हुन्छौँ ।
त्यसको सट्टा बरु हामीले फलफूलहरू, घरमै बनाइएको रोटी, खिर, जाउलो, आलु तरकारी, हलुवा, मकै भटमास, सातु खान सक्छौँ । स्कुलमा लैजाने खाजा पनि घरमै बनाएको लैजाने बानी गर्नुपर्छ । सस्तो पनि मिठोे पनि ।
अनि हामीमध्ये धेरैजसोले गर्मी महिनामा चिसो खाने भन्दै कोक, फ्यान्टा, रेडबुल, आइसक्रिम खाने गर्छौं । यसले पनि फाइदा गर्दैन । बर्थडे र अरु बेलामा केकहरू पनि धेरै खाने गर्छौं । यसले पनि हामीलाई बिस्तारै हानि गर्छ ।
त्यसैले हामीले यस्ता खानेकुरा खानुहुँदैन । डाक्टर, स्कुलका शिक्षक अनि घरमा बुबाआमा, दाइदिदीले भनेको मान्नुपर्छ । नत्र त हामी थाहै नपाई सानैदेखि रोगी बन्न पुग्छौँ । अबदेखि हामीले स्कुलमा टिफिन लैजाने बानीमा पनि परिवर्तन गर्नुपर्छ । घरमै तयार पारिएका परिकार खाने बानी बसाल्नुपर्छ । बरु फलफूल खाने बानी बसाल्नुपर्छ । त्यसो गर्यौँ भने स्वास्थ्य पनि राम्रो, सबैजना ह्यापी । तपाईं पनि यस्तो खानेकुरा खानुहुन्छ भने आजैबाट खान छाड्नुस्, अरुलाई पनि नखान भन्नुस् है साथीहरू ।
०००
कक्षा : ४
बागमती बोर्डिङ सेकेन्डरी स्कुल, सुकेधारा काठमाडौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा सत्ताको चाबी बोकेर के गरिरहेको छ राप्रपा–प्रलोपा ?
-
ओलीले शिलान्यास गरेको नागढुंगा सुरुङ मार्गको शिलापत्र कसरी हरायो ?
-
बीएण्डबी अस्पतालमा किशोरीको डिम्ब निकालेको घटनामा डा. नूतन शर्मा पनि अनुसन्धान दायरामा
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रौतहटमा खोलामा डुबेर बालकको मृत्यु
-
भारतीय टोलीको प्रदर्शन समीक्षा गर्दै बीसीसीआई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण