अमेरिकी सहयोग रोक्ने ट्रम्प प्रशासनको आदेशलाई न्यायाधीशले रोके
बुधबार, १६ माघ २०८१, ०६ : ११

काठमाडौं । एक अमेरिकी न्यायालयले राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय अनुदानमाथि लगाएको प्रतिबन्धलाई अस्थायी रुपमा रोकेको छ । न्यायाधीशले संघीय अनुदान, ऋण तथा अन्य वित्तीय सहायता प्रभावित हुने गरी ट्रम्प प्रशासनले जारी गरेका आदेशमा अस्थायी रोक लगाएका हुन् ।
मंगलबार फण्डिङ रोक्ने ट्रम्प प्रशासनको आदेश लागू हुनु भन्दा पहिले न्यायाधीशको फैसला आएको बेलायती समाचार संस्था बीबीसीले उल्लेख गरेको छ ।
आफ्नो पहिलो ब्रिफिङमा ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले ‘अमेरिकी कर प्रणालीको उचित व्यवस्थापन’का लागि जरुरी रहेको भन्दै ट्रम्प प्रशासनद्वारा जारी आदेशको बचाउ गरिन् ।
उता, अमेरिकी सिनेटका डेमोक्रेटिक अल्पसंख्यक नेता चक शूमरले ट्रम्प प्रशासनको यो कदमले पारिश्रमिक र भाडा भुक्तानी प्रभावित भई अराजकता सिर्जना हुने प्रतिक्रिया दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन