अमेरिकी सहयोग रोक्ने ट्रम्प प्रशासनको आदेशलाई न्यायाधीशले रोके
बुधबार, १६ माघ २०८१, ०६ : ११
काठमाडौं । एक अमेरिकी न्यायालयले राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय अनुदानमाथि लगाएको प्रतिबन्धलाई अस्थायी रुपमा रोकेको छ । न्यायाधीशले संघीय अनुदान, ऋण तथा अन्य वित्तीय सहायता प्रभावित हुने गरी ट्रम्प प्रशासनले जारी गरेका आदेशमा अस्थायी रोक लगाएका हुन् ।
मंगलबार फण्डिङ रोक्ने ट्रम्प प्रशासनको आदेश लागू हुनु भन्दा पहिले न्यायाधीशको फैसला आएको बेलायती समाचार संस्था बीबीसीले उल्लेख गरेको छ ।
आफ्नो पहिलो ब्रिफिङमा ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले ‘अमेरिकी कर प्रणालीको उचित व्यवस्थापन’का लागि जरुरी रहेको भन्दै ट्रम्प प्रशासनद्वारा जारी आदेशको बचाउ गरिन् ।
उता, अमेरिकी सिनेटका डेमोक्रेटिक अल्पसंख्यक नेता चक शूमरले ट्रम्प प्रशासनको यो कदमले पारिश्रमिक र भाडा भुक्तानी प्रभावित भई अराजकता सिर्जना हुने प्रतिक्रिया दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण