विजय बरालले छोड्न लागेका हुन् ‘कमेडी दरबार’ ?
काठमाडौँ । सर्वाधिक हिट फिल्म ‘पूर्णबहादुरको सारङ्गी’का अभिनेता हुन्, विजय बराल । फिल्मको सफलताले उनी पछिल्लो समय धेरै निर्माता निर्देशकको रोजाइमा पर्दै गएका छन् । उनलाई लिएर फिल्म बनाउन निर्माता निर्देशक लालायित छन् ।
केही समय अगाडि ‘लाज शरणम्’को काम सकेका उनी हालै ‘जनै हराएको बाहुन’मा पनि अनुबन्धित भएका छन् । हिमाल न्यौपानेको निर्देशन रहने फिल्ममा उनी महँगो पारिश्रमिकमा अनुबन्धित भएको चर्चा छ । कबड्डी र जारीको नयाँ सिक्वेलका लागि पनि उनी रहने चर्चा छ । उनको व्यस्तता दिन प्रतिदिन बढ्दो छ । जसले भ्याइननभ्याइ हुने अवस्था छ ।
यसैबिच उनले ‘कमेडी दरबार’ छोड्न लागेको चर्चा चलेको छ । उनी आज बुधबार आफ्ना अन्तिम २ एपिसोड छायांकन गरेपछि कमेडी दरबार छोड्ने तयारीमा रहेको बताइन्छ ।
हुन त केही अगाडि एक अन्तर्वार्तामा उनले कमेडी दरबारबाट अलग हुन लागेको बताएका थिए । चलचित्रको व्यस्ततालाई मध्यनजर गर्दै कमेडी दरबारको टिम छाड्न लागेको उनले राखेका थिए । तर कहिले छोड्ने केही बताएका थिएनन् । यस विषयमा विजयसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण