महिला यू–१९ विश्वकप : दोस्रो जितले पनि सेमिफाइनलमा पुर्याउन सकेन नाइजेरियालाई
काठमाडौँ । मलेसियामा जारी आईसीसी महिला यू–१९ टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर–६’ चरणमा दोस्रो जित हात पारे पनि नाइजेरियाको अगाडि बढ्ने ढोका बन्द भएको छ । नाइजेरियाले बुधबार खेलिएको ‘सुपर–६’ चरणको आफ्नो अन्तिम खेलमा आयरल्यान्डलाई ६ रनले हरायो ।
‘सुपर–६’ को समूह–२ अन्तर्गतको यो अन्तिम खेल हो । यो समूहबाट दक्षिण अफ्रिका सात अंकसहित पहिलो र इङ्ल्यान्ड ६ अंकसहित दोस्रो हुँदै यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन् । चार खेल खेलेको नाइजेरिया पाँच अंकसहित तेस्रो भयो ।
तीन अंकसहित अमेरिका चौथो, दुई अंकसहित न्युजिल्यान्ड पाँचौँ र एक अंकसहित आयरल्यान्ड छैटौँ भए । ‘सुपर–६’ चरणको समूह–१ बाट भने भारत र अस्ट्रेलिया प्रतियोगिताको सेमिफाइनलमा पुग्ने निश्चित भइसकेको छ ।
बुधबारको खेलमा टस हारी ब्याटिङको निम्तो पाएको नाइजेरियाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ९४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको आयरल्यान्डले भने १८.४ ओभरमा अलआउट हुनुअघि ८८ रनमात्र बनाउन सक्यो ।
पहिले ब्याटिङ गरेको नाइजेरियाका लागि ओपनर क्रिस्टाबेलले सर्वाधिक २५ रनको योगदान गरिन् । जवाफी ब्याटिङ गरेको आयरल्यान्डका लागि रेबेका लोले २१ रन बनाइन् । आयरल्यान्डलाई लक्ष्यसम्म पुग्न नदिन नाइजेरियाकी बलर लिलियन युडेले तीन विकेट लिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेदरल्यान्ड्स र जापानबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
-
असार महिनामा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण