नाम्चे बजारमा हावाहुरीले घरको छाना उडायो
बिहीबार, १७ माघ २०८१, १७ : ०६
काठमाडौँ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका ५ नाम्चे बजारमा हावाहुरीले घरकाे छाना उडाएको छ । बिहीबार हावाहुरी चल्दा स्थानीय ६ जनाको घरको छाना उडाएको हो ।
हावाहुरीले स्थानीय पासाङल्हामु शेर्पा, काजी शेर्पा, नुरु शेर्पा, दोर्जे शेर्पा, आङनुरु शेर्पा र सोनामा दावा शेर्पाका घरको छाना उडाएको प्रहरीले जनाएको छ । सो घटनामा नुरु शेर्पा, दोर्जे शेर्पा र आङनुरु शेर्पाको को ५०० वाटको सोलार प्यानलमा क्षति पुगेको जनाइएको छ ।
त्यस्तै सोनाम दावा शेर्पाको २०० वाटको सोलार प्यानल र काजी र पासाङ ल्हामु शेर्पाको टिनको छाना भएका घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण