सामाजिक सञ्जाल सञ्चालन र नियमनसम्बन्धी विधेयकका प्रावधानहरूमाथि रास्वपाको ध्यानाकर्षण
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रियसभामा दर्ता गरिएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयकका प्रावधानहरूमाथि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बिहीबार सो पार्टीका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले विधेयकका प्रावधानहरूमाथि गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।
विज्ञप्तमा अध्यादेशका गलत बाछिटाहरूले नेपाली राजनीतिलाई दूषित बनाइरहेकै बेला त्यसकै सेरोफेरोमा आएको सो विधेयक पछाडिको नियत सही नदेखिएको जनाइएको छ ।
पछिल्ला दिन सामाजिक सञ्जालको औचित्य दिनप्रति दिन बढिरहेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ : ‘एक्काइसौँ शताब्दीको समाजले पाएका प्रमुख उपलब्धिहरूमध्ये एक हो सामाजिक सञ्जाल । अभूतपूर्व रूपमा मानिसहरुलाई जोड्ने माध्यमाका रूपमा मात्र होइन, सञ्चारको सबैभन्दा बलियो खम्बा रूपमा पनि यसको औचित्य दिनप्रतिदिन बढ्दो छ ।’
सो पार्टीले सरकारको यो कदमलाई लोकतन्त्रको दुरुपयोगका रूपमा व्याख्या गरिएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सुझाव, ‘सत्तामा पुग्दैमा विपक्षीलाई सिध्याउने खेलमा लाग्नु हुँदैन’
-
वातावरण जोगाउनेलाई विराटनगरको सम्मान
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
-
रास्वपाका सांसद पार्टीको अधिवेशनमा गएपछि राज्यव्यवस्था समिति बैठक स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण