सामाजिक सञ्जाल सञ्चालन र नियमनसम्बन्धी विधेयकका प्रावधानहरूमाथि रास्वपाको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रियसभामा दर्ता गरिएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयकका प्रावधानहरूमाथि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बिहीबार सो पार्टीका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले विधेयकका प्रावधानहरूमाथि गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।
विज्ञप्तमा अध्यादेशका गलत बाछिटाहरूले नेपाली राजनीतिलाई दूषित बनाइरहेकै बेला त्यसकै सेरोफेरोमा आएको सो विधेयक पछाडिको नियत सही नदेखिएको जनाइएको छ ।
पछिल्ला दिन सामाजिक सञ्जालको औचित्य दिनप्रति दिन बढिरहेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ : ‘एक्काइसौँ शताब्दीको समाजले पाएका प्रमुख उपलब्धिहरूमध्ये एक हो सामाजिक सञ्जाल । अभूतपूर्व रूपमा मानिसहरुलाई जोड्ने माध्यमाका रूपमा मात्र होइन, सञ्चारको सबैभन्दा बलियो खम्बा रूपमा पनि यसको औचित्य दिनप्रतिदिन बढ्दो छ ।’
सो पार्टीले सरकारको यो कदमलाई लोकतन्त्रको दुरुपयोगका रूपमा व्याख्या गरिएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल : सनराइजर्स विजयी, घरेलु मैदानमा ६ विकेटले हार्यो लखनउ
-
प्रिमियर लिग च्याम्पियन लिभरपुललाई हरायो ब्राइटनले
-
पुटिनसँग दुई घण्टा कुराकानी गरेपछि ट्रम्पले के भने ?
-
काठमाडौं उपत्यकामा एकाएक ठूलो वर्षा, देशका अन्य भागमा समेत मौसम गडबड
-
‘कालोबजारी गर्ने व्यवसायीलाई कारबाही’: मन्त्री भण्डारी
-
बैतडीमा हुरी र असिनापानी एकैसाथ, एक जना घाइते