सातामा २२०० रुपैयाँ बढ्यो सुनको मूल्य
काठमाडौँ । नेपाली बजारमा यो साता सुनको मूल्य तोलामा २ हजार २०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो शुक्रबार (माघ ११ गते) तोलामा १ लाख ६० हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुन यो शुक्रबार (माघ १८ गते) तोलामा १ लाख ६२ हजार ८०० रुपैयाँ कायम भएको हो ।
महासंघमा अनुसार साताभर मूल्य भने घटबढ भइरह्यो । जसअनुसार माघ १३ गते तोलामा १ लाख ६० हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुन माघ १४ गते १ लाख ६० हजार १०० रुपैयाँ कायम भयो ।
यस्तै १५ गते १ लाख ५९ हजार २०० रुपैयाँ कायम हुँदा १६ गते १ लाख ६० हजार ६०० रुपैयाँ कायम भयो ।
यसैगरी १७ गते १ लाख ६० हजार ५०० रुपैयाँ कायम हुँदा साताको कारोबारको अन्तिम दिन शुक्रबार भने तोलामा १ लाख ६२ हजार ८०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यस्तै यो साता चाँदीको मूल्य पनि बढेको छ । माघ ११ गते तोलामा १ हजार ८८० रुपैयाँ कायम भएको चाँदी त्यसपछि घटबढ हुँदै साताको अन्तिम दिन शुक्रबार १ हजार ९१८ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यसआधारमा सातामा सुनको मूल्य तोलामा ३५ रुपैयाँ बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण