महिला एसेजमा अस्ट्रेलियाको ‘ह्वाइट वास’
मेलबर्न । महिला एसेज अन्तर्गतको एक मात्र टेस्टमा अस्ट्रेलियाले इंग्ल्याण्डमाथि इनिङ्स अन्तरको जित हात पारेको छ । योसँगै टोलीले पूरै एसेज शृङ्खला नै ह्वाइट वास गर्न सफल भएको छ ।
यसअघि टोलीले एक दिवसीय र टी–२० शृङ्खलाका सबै खेल जितेको थियो । शनिबार दोस्रो इनिङ्समा इंग्ल्याण्डको टोली १ सय ४८ रनमा सीमित बन्यो । योसँगै अस्ट्रेलियाले खेल एक इनिङ्स १ सय २२ रनको विशाल अन्तरले जित्यो ।
इंग्ल्याण्डका लागि ओपनर ट्यामी बेउमोन्टले सर्वाधिक ४७ रनको योगदान दिइन् । त्यस्तै, कप्तान हेदर नाइटले ३२ रन जोडिन् । नाट स्काइभर ब्रन्ट र सोफी एक्लेस्टोनले १८–१८ रन बनाए ।
इंग्ल्याण्डलाई सस्तोमा समेट्न एलाना किंगले ५ विकेट लिइन् । उनलाई एस्ले गार्डनरले ४ विकेट लिँदै राम्रो साथ दिइन् । डार्सी ब्राउनको नाममा एक विकेट रह्यो ।
यसअघि इंग्ल्याण्डले पहिलो इनिङ्समा १ सय ७० रन बनाएको थियो । टोलीका लागि ब्रन्टले अर्धशतकीय इनिङ्स खेल्दै ५१ रन बनाएकी थिइन् । अस्ट्रेलियाका लागि किंगले ४ विकेट तथा किम गार्थ र ब्राउनले २–२ विकेट लिएका थिए । गार्डनरले एक विकेट हात पारेकी थिइन् ।
अस्ट्रेलियाले शानदार ब्याटिङ गर्दै पहिलो इनिङ्समा ४४० रन जोडेको थियो । टोलीका लागि एनाबेल सदरल्याण्डले १६३ रन बनाइन् । त्यस्तै, विकेटकिपर बेथ मुनीले १०६ रनको योगदान दिइन् ।
इंग्ल्याण्डका लागि एक्लेस्टोनले ५ विकेट तथा लरेन बेल र लरेन फिलरले २–२ विकेट लिएका थिए । रायना म्याकडोनल्ड गेले एक विकेट हात पारिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण