फिलाडेल्फिया विमान दुर्घटना : कारमा सवार परिवार समेत सखाप
आइतबार, २० माघ २०८१, ०१ : ०६

काठमाडौं । फिलाडेल्फिया दुर्घटनामा मेडिकल विमानमा सवार ६ जनासहित कारमा सवार व्यक्तिको समेत मृत्यु भएको छ । फिलाडेल्फियामा मेडिकल विमान दुर्घटनाको लपेटमा परेको कारमा सवार व्यक्ति, उनकी आमा र छोरीसहित सबैको मृत्यु भएको बीबीसीले जनाएको छ ।
फिलाडेल्फियाका मेयर चेरेल पार्कले भने, ‘जमिनमा कयौँ मानिस घाइते भएका छन् भने दुर्घटनापछि त्यस क्षेत्रका कयौँ घरमा आगो लागेको छ ।’
चिकित्सा परिवहन विमान अमेरिकामा स्वास्थ्य लाभ लिइरहेकी एक किशोरीलाई तिजुआना मेक्सिको लगिरहेको समयमा दुर्घटनामा परेको हो । जसमा चालक दलका चार सदस्य समेत थिए । दुर्घटनाग्रस्त हुनुभन्दा केवल एक मिनेट अघि मात्रै विमानले आकाशिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अढाई दशकपछि नक्सालको हिटीमा फर्किएकाे पानीको प्रवाह (तस्बिरहरू)
-
साहसिक यात्राका लागि कञ्चनजङ्गा हिमाल पर्यटकको रोजाइमा
-
सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्यालद्वारा सगरमाथाको सफल आरोहण
-
कोशी प्रदेश सभाको अधिवेशन आजदेखि सुरु हुँदै
-
कोशी प्रदेश सरकारले सोमबार नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गर्ने
-
सुदूरपश्चिमका स्थानीय तह कर्मचारीको आन्दोलन स्थगित, पाँच बुँदे सहमति