गाजापट्टी खाली गर्ने ट्रम्पको योजनालाई झट्का, अरब देशले मानेनन् प्रस्ताव
कायरो । गाजापट्टी खाली गर्ने आफ्नो सुझावलाई लिएर अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ठुलो झट्का बेहोरेका छन् । प्यालेस्टिनीहरूलाई गाजाबाट इजिप्ट र जोर्डनमा सार्ने अमेरिकी राष्ट्रपति ट्रम्पको सुझावलाई अरब देशहरूले ठाडै अस्वीकार गरेका हुन् ।
ट्रम्पले केही दिन अघि इजरायल र हमासबिचको युद्धविरामको बिचमा गाजापट्टी खाली गराउने सुझाव दिएका थिए । उनले इजिप्ट र जोर्डनलाई गाजापट्टीका मानिसहरूलाई आश्रय प्रदान गर्न आग्रह पनि गरेका थिए ।
ट्रम्पको सुझावमा यसो भन्छन् अरब देश
शनिबार भएको विदेश मन्त्रीहरूको बैठकपछि इजिप्ट, जोर्डन, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (यूएई), कतार, प्यालेस्टिनी प्राधिकरण र अरब लिगले संयुक्त विज्ञप्ति जारी गरेका छन् । यसमा गाजा र कब्जा गरिएको पश्चिमी किनारमा रहेका प्यालेस्टिनीहरूलाई उनीहरूको क्षेत्रबाट बाहिर सार्ने कुनै पनि योजनालाई अस्वीकार गरेको उनीहरूले बताएका छन् । अरब देशहरूले पनि विज्ञप्तिमा चेतावनी दिएका छन् । यी देशहरूले यस्ता योजनाहरूले क्षेत्रको स्थिरतालाई खतरामा पार्ने बताएका छन् । यति मात्र होइन, यसले द्वन्द्व बढ्ने जोखिम निम्त्याउने र मानिसहरू बिच शान्ति र सह–अस्तित्वको सम्भावनालाई कमजोर बनाउने पनि बताइएको छ ।
के थियो ट्रम्पको योजना ?
गएको शनिबार ट्रम्पले गाजाको परिस्थिति सुधार्न भन्दै दुवै अरब देशका नेताहरूलाई गाजाका मानिसहरूलाई आफ्नो देशमा आश्रय दिन अनुरोध गर्ने बताएका थिए । गाजाको जनसंख्याको पुनर्वास अस्थायी वा दीर्घकालीन हुन सक्ने उनको भनाइ थियो । इजरायलको १५ महिनाको सैन्य कारबाहीका कारण गाजा ध्वस्त भएको छ । केही अरब देशहरूसँग पुनर्वासबारे कुरा गरिरहेको ट्रम्पले भनेका थिए । केही अरब देशसँग जोडिए आफूले गाजाका मानिसका लागि छुट्टै स्थानमा आवास बनाउन चाहेको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
-
कुशलको नाममा अर्को शतक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण