भीमदत्त नगर सभापति कलौनीको अन्त्येष्टि
कञ्चनपुर । नेपाली कांग्रेस कञ्चनपुरका भीमदत्त नगरका सभापति अच्युतराज कलौनीको आज हिन्दू परम्पराअनुसार महाकाली नदीस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
कलौनीको पार्थिव शरीरमा गृहमन्त्री रमेश लेखक र सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे । शवयात्रामा पार्टीका कार्यकर्ता र हजारौँ सर्वसाधारणको सहभागिता थियो ।
शनिबार बिहान कलौनी भीमदत्त नगरपालिका– १८ मामाभान्जा चोक नजिकको सडकपेटीमा मृत भेटिएका थिए । महाकाली अस्पतालमा फरेन्सिक मेडिसिनविज्ञ डा अरविन शाक्य नेतृत्वको टोलीले कलौनीको शवपरीक्षण गरेका छन् ।
‘फरेन्सिक रिपोर्ट’ आउन भने बाँकी रहेको छ । मृत्युको कारणबारे प्रहरी टोलीले अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेश जोशीले शवपरीक्षण रिपोर्ट भोलिसम्म सार्वजनिक गरिने बताए । ‘शरीरमा कुनै चोटपटक लागेको देखिएको छैन भन्ने छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण