सनिशलाई राष्ट्रिय फुटबल खेलाडी सम्मान
कास्की । सहारा क्लब पोखराद्वारा प्रदान गरिने यस वर्षको उत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान रक्षक सनिश श्रेष्ठले प्राप्त गर्ने भएका छन् । प्रतिभा छनोट समितिको सोमबारको बैठकले श्रेष्ठलाई उक्त सम्मान प्रदान गर्ने निर्णय गरेको हो ।
क्लबका महासचिव रामजीप्रसाद अधिकारीले सनिशलाई नगद ५० हजार पाँच सय पाँच र सम्मानपत्र रहेको छ । तनहुँको पुर्कोटका सनिश विगत सात वर्षदेखि राष्ट्रिय टोलीमा रहेर फुटबल खेल्दै आएका छन् ।
नेपाली फुटबल क्षेत्रमा उत्कृष्ट योगदान दिएबापत क्लबले बर्सेनी एक जना राष्ट्रियस्तरको फुटबल खेलाडीलाई पुरस्कृत गर्दै आएको छ । यसअघि भरत खवास, किरण चेम्जोङ, सुजल श्रेष्ठ, अभिषेक रिजाल, अञ्जन विष्ट, अनन्त तामाङ र आयुष घलान सम्मानित भइसक्नुभएको छ ।
सहारा क्लब पोखराको आयोजनामा २४औँ संस्करणको आहा रारा पोखरा गोल्डकप आजदेखि सुरु हुँदैछ । माघ २२ देखि फागुन ३ सम्म पोखरा रङ्गशालामा हुने सो प्रतियोगितामा १२ टिमले भाग लिँदैछन् । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको क्लब अध्यक्ष केशवराज बरालले बताए । उद्घाटन खेल आयोजक सहारा र नेपाल पुलिस क्लबबीचमा हुँदैछ । प्रतियोगिता उद्घाटन अवसरमा श्रेष्ठलाई उत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मानद्वारा सम्मान गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण