श्रीलंकाका पूर्वकप्तानद्वारा संन्यासको घोषणा
कोलम्बो । श्रीलंकाका ब्याटर तथा पूर्वकप्तान दिमुथ करुणारत्नेले आफ्नो १ सयौँ टेस्टपछि क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् । बिहीबार अस्ट्रेलियाविरुद्ध गाल इन्टरनेसनल क्रिकेट स्टेडियममा सुरु हुने दोस्रो टेस्ट उनको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल हुनेछ ।
सन् २०१२ मा टेस्ट क्रिकेटमा डेब्यू गरेका करुणारत्नेले क्रिकेटका सबै फर्म्याटबाट बिदा हुनेछन् । उनले ९९ टेस्टमा ३९.४० को औसतले ७ हजार १७२ रन बनाएका छन् । यसमा १६ शतक र ३९ अर्धशतक सामेल छन् ।
एकदिवसीयमा उनले ५० खेल खेल्दै १ हजार ३१६ रन जोडेका छन् । ३१.३३ को औसतसहित उनले १ शतक र ११ अर्शतक हिर्काएका छन् । सन् २०१९ को आईसीसी विश्वकपमा उनी टोलीका कप्तान पनि थिए ।
आफ्नो ५० औँ टेस्टमा शतक बनाएका करुणारत्नेले आफ्नो १ सयौँ टेस्टमा पनि शतक बनाउने आशा व्यक्त गरेका छन् । उनले टोलीका लागि १ सय टेस्ट खेल्नु सबैभन्दा ठुलो उपलब्धि भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण