बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

‘लाज राख’ भन्दै सोसल मिडियामा कमेन्ट गर्नेलाई मलाईकाले सोधिन्ः स्विमिङ गर्दा के लगाउने ? भन्नुहोस्

बुधबार, १६ जेठ २०७५, ०९ : ०७
बुधबार, १६ जेठ २०७५


नायिका मलाइका अरोडाले हालै आफ्ना केही बिकिनी फोटो इन्स्टाग्राममा सेयर गरिन् । उक्त फोटोका कारण उनले निकै नकारात्मक कमेन्ट पनि पाइन् ।

केहीले त उनीमाथि ‘लाज राख’ भनेरसमेत कमेन्ट गर्न भ्याए । ट्रोल भएपछि मलाइकाले आफू यी बेकारको कुरामा ध्यान नदिने बताइन् । आफू यस्तो बहसमा पर्न नचाहेको पनि उनले बताइन् ।

मलाइकाका अनुसार स्विमसुट लगाएको उक्त फोटो मालदिभ्स गएका बेला एक वर्ष पुरानो हो । उनले भनिन्, ‘यस्तो लाग्छ कि मानिसहरुको एउटै मात्र काम छ, अरुले के गरिरहेका छन्, कस्तो फोटो सेयर गरिरहेका छन् ? ’

उनले ट्रोल गर्नेहरुलाई प्रश्न पनि सोधिन्, ‘स्विमिङ गर्ने बेला के लगाउनु पर्छ ? भन्नुहोस् ।’

मलाइकाले हालै इन्स्टाग्राममा आफ्नो फोटो सेयर गर्दै लेखेकी थिइन्, ‘ 'Summer loving. Take me back’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप