त्रिकोणात्मक महिला टी-२० शृङ्खला : आज नेपाल र नेदरल्याण्ड्सबिच प्रतिस्पर्धा
बुधबार, २३ माघ २०८१, ०८ : ११
काठमाडौँ । काठमाडौँमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्यान्ड सम्मिलित त्रिकोणात्मक महिला टी–२० शृङ्खलामा आज नेपाल र नेदरल्याण्ड्सबिच प्रतिस्पर्धा हुँदै छ ।
खेल दिउँसो सवा १२ बजेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुने खेलमा नेपाल पहिलो जितको खोजीमा हुनेछ । यसअघिका चारवटै खेलमा पराजित नेपाल उपाधि होडबाट बाहिरिइसकेको छ । नेपालले यसपछि अन्तिम खेलमा शुक्रबार थाइल्यान्डसँग खेल्ने छ ।
चार खेलमा दुई जित निकालेको नेदरल्याण्ड्स उपाधि होड जीवितै राख्न आजको खेल जित्नैपर्ने दबाब रहनेछ । शृङ्खलामा थाइल्यान्डले हालसम्म चारवटै खेल जित्दै उपाधि दाबेदारको रूपमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण