चेल्सीबाट मिलान पुगे फेलिक्स
बुधबार, २३ माघ २०८१, १० : ५०
लण्डन । प्रिमियर लिग क्लब चेल्सीका फरवार्ड जोआओ फेलिक्स ऋणमा सिजनको अन्त्यसम्म एसी मिलानसँग अनुबन्ध भएका छन् ।
इटालियन टोलीले फेलिक्सका लागि ५० लाख पाउण्ड खर्च गरेको छ । करारमा २५ वर्षीय पोर्चुगिज खेलाडीलाई खरिद गर्ने बारे कुनै पनि बुँदा समावेश छैन ।
यसबारे मंगलबार मात्र घोषणा गरिए पनि सिरिए र प्रिमियर लिगको ट्रान्सफर डेडलाइनका कारण आवश्यक कागजी प्रक्रिया सोमबार नै पूरा गरिएको थियो ।
फेलिक्सले गत अगस्तमा चेल्सीसँग ४.५ करोड पाउण्डमा सात वर्षको करार गरेका थिए । उनले यसअघि सन् २०२२–२३ सिजनमा स्टामफोर्ड ब्रिजमा ऋणमा बिताएका थिए ।
बेनफिकामा आफ्नो व्यावसायिक फुटबलको करियर सुरुवात गरेका फेलिक्स सन् २०१८ मा ११.३ करोड पाउण्डमा ला लिगा क्लब एट्लेटिको मड्रिडसँग आबद्ध भएका थिए । उनले सन् २०२३–२४ सिजन बार्सिलोनामा पनि ऋणमा बिताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण