१८ व्यक्ति र संस्थालाई सोसल वेयलफेयर अवार्ड
काठमाडौँ । सिजन मिडिया प्रालिले विभिन्न विधाका गरी १८ व्यक्ति र संस्थालाई ५औँ संस्करणको राष्ट्रिय समाजसेवा सम्मान (नेसनल सोसल वेयलफेयर अवार्ड– २०२४) प्रदान गरेको छ ।
जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित एक कार्यक्रमबिच प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले अवार्ड प्रदान गरिन् ।
राष्ट्रिय समाजसेवा अवार्डबाट सम्मानित हुने व्यक्तित्वहरुमा अमृत नारायण मानन्धर, हरिराज शर्मा अर्याल (हराश) , सरला पन्थी, इसा गुरुङ, कञ्चन राई, फुपुल्हामो लामा, प्रतिभा थापा, रविना महर्जन र राधिका खतिवडा छन् । यसैगरी राइना व्यञ्जनकार, सविता उप्रेती, सावित्रीकुमारी अधिकारी, सरोज बानिया, सुनिल यादव , जन्मदेव जैसी, अल्वटो लुजिइ रोम र सोमनाथ सापकोटालाई पनि अवार्ड प्रदान गरिएको छ । सापकोटा एनआरएनएका उपमहासचिव हुन् भने उनले नेपालको पर्यटन प्रवर्द्धनमा भूमिका खेल्दै आएका छन् ।
उक्त कार्यक्रममा नेपाल दृष्टिविहीन कल्याण सङ्घ काठमाडौँका अध्यक्ष तथा नेपाल रेडक्रस सोसाइटीमा समर्पित व्यक्तित्व समाजसेवी र साहित्यकार तीर्थराज वन्तलाई दिर्घसेवा सम्मान प्रदान गरिएको थियो ।

उक्त कार्यक्रममा अवार्ड व्यक्ति छनौट तथा कार्यक्रम सल्लाहकारको भूमिकामा समावेशी मासिकका सम्पादक खिलबहादुर भण्डारी, ग्लोबल आइएमई बैंक लि पब्लिक रिलेशन अफिसर योगेश पोखरेल, न्यूजपोलार डट कम सम्पादक शुसील अर्याल, साउथवेस्टन स्टेट कलेज,बसुन्धरा सहायक क्याम्पस प्रमुख हरि सिंह केसी, वरिष्ठ फोटो पत्रकार तथा गीतकार हरि गोपाल प्रधान र व्यवसायी तथा समाजसेवी अमित शर्मा रहेका थिए ।
सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले सामाजिक क्षेत्रमार्फत समाज सेवामा ती व्यक्ति र संस्थाले आफ्ना विषयमा दिएको रूपान्तरणकारी योगदानका लागि ती सम्मान दिइएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण