नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै
बुधबार, २३ माघ २०८१, १२ : २६
काठमाडौँ । नेपालले त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृङ्खलाको आफ्नो पाँचौं खेलमा नेदरल्यान्ड्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै भएको टसमा नेपाली टोलिकी कप्तान इन्दु बर्माले टस जितेर पहिला ब्याटिङको निर्णय लिएकी हुन ।
नेपाल पहिलो जितको खोजिमा रहेको छ । यसअघि नेपालले नेदरल्यान्ड्ससँग २० र १५ रन तथा थाइल्यान्डसँग चार विकेट र पाँच रनको हार बेहोरेको थियो । यता नेदरल्यान्ड्स भने तेस्रो जित निकाल्दै दाउमा रहेको छ ।
नेदरल्यान्ड्ले यसअघि थाइल्यान्डसँग ८ विकेट र १७ रनको को हार बेहोरेको थियो । नेपालको प्लेइङ–११ मा कप्तान इन्दु बर्मासहित विन्दु रावल, सम्झना खड्का, ममता चौधरी, पूजा महतो, रुविना क्षेत्री, कविता जोशी, रोमा थापा, मनिषा उपाध्याय, सीता राना मगर र रचना चौधरी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण