‘डिपोर्ट’ गरिएका १०४ भारतीय नागरिक लिएर अमृतसर आइपुग्यो अमेरिकी सेनाको विमान
बुधबार, २३ माघ २०८१, १४ : २०

पञ्जाव । अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका १०४ भारतीयलाई अमेरिकी सेनाको विमानले अमृतसरमा ल्याएको छ ।
भारतीय समय अनुसार बुधबार दिउँसो १ बजेर ५८ मिनेटमा अमेरिकी सेनाको ‘सी–१७’ विमान अमृतसरस्थित श्री गुरु राम दासजी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
भारतस्थित अमेरिकी दूतावासका अधिकारीका अनुसार विमानमा १३ बालबालिका, ७९ पुरुष र २५ महिना गरी १०४ भारतीय नागरिक छन् । उनीहरूमध्ये ३३ जना गुजरात राज्यका छन् ।
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका यी भारतीय नागरिक मेक्सिको–अमेरिकी सीमा क्षेत्रबाट पक्राउ परेका थिए । उनीहरू अवैध रूपमा अमेरिका प्रवेश गर्न खोज्दा पक्राउ परेको बताइएको छ ।
डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी सरकारले अवैध रूपमा अमेरिकामा प्रवेश गरेका आप्रवासीविरुद्ध कठोर नीति लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा बालीनालीमा छरेको विषादीले मौरी सखाप
-
मुख्यमन्त्री कँडेलद्वारा दश जिल्लाका सीडीओसँग संवाद
-
बाँकेमा थप ९३६ लाई जग्गाधनी प्रमाणपत्र वितरण गरिँँदै
-
डिजिटल प्रविधिमा आधारित रही सेवा प्रवाह गर्न श्रममन्त्रीको निर्देशन
-
रातोपाटी ब्रिफिङ : प्रदीप नेपालको अन्तिम बिदाइदेखि संसद्को बहससम्म
-
रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश