‘डिपोर्ट’ गरिएका १०४ भारतीय नागरिक लिएर अमृतसर आइपुग्यो अमेरिकी सेनाको विमान
बुधबार, २३ माघ २०८१, १४ : २०
पञ्जाव । अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका १०४ भारतीयलाई अमेरिकी सेनाको विमानले अमृतसरमा ल्याएको छ ।
भारतीय समय अनुसार बुधबार दिउँसो १ बजेर ५८ मिनेटमा अमेरिकी सेनाको ‘सी–१७’ विमान अमृतसरस्थित श्री गुरु राम दासजी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
भारतस्थित अमेरिकी दूतावासका अधिकारीका अनुसार विमानमा १३ बालबालिका, ७९ पुरुष र २५ महिना गरी १०४ भारतीय नागरिक छन् । उनीहरूमध्ये ३३ जना गुजरात राज्यका छन् ।
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका यी भारतीय नागरिक मेक्सिको–अमेरिकी सीमा क्षेत्रबाट पक्राउ परेका थिए । उनीहरू अवैध रूपमा अमेरिका प्रवेश गर्न खोज्दा पक्राउ परेको बताइएको छ ।
डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी सरकारले अवैध रूपमा अमेरिकामा प्रवेश गरेका आप्रवासीविरुद्ध कठोर नीति लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण