‘आशिकी’का चर्चित नायक राहुल रोयलाई अब चिन्न मुश्किल, यस्ता भए
‘आशिकी’ फिल्मबाट आफ्नो करियरको सुरुवात गर्ने बलिउड नायक राहुल रोय नयाँ फिल्मसहित फिर्ता हुँदैछन् । उनले सोसल मिडियामा आफ्नो नयाँ लुक सेयर गरेका छन् । राहुललाई नयाँ गेटअपमा चिन्न निकै गाह्रो छ । उनले नयाँ फिल्ममा एक मुस्लिमको भूमिका निभाउँदैछन् ।
राहुलका अनुसार उनी तनवीर अहमदको फिल्म नाइट एण्ड फंगको सुटिङ गरिरहेका छन् ।
राहुलले सन् १९९० मा बनेको महेश भट्टको ब्लकबस्टर फिल्म आशिकीबाट आफ्नो अभिनयको सुरुवात गरेका थिए र चर्चित पनि भएका थिए । अब खबर यो छ कि उनी नितिन गुप्ताको निर्देशनमा बनेको फिल्म वेलकम टु रशियामा काम गर्दैछन् ।
फिल्ममा उनले एक भ्रष्ट पुलिसको भूमिका निभाउनेछन् । फिल्मबारे कुरा गर्दै उनले भने, ‘फिल्मको कहानी संक्षिप्त र संतुलित छ । फिल्ममा लभ एंगललाई पनि निकै राम्रो तरिकाले देखाइएको छ र यसको गीत पनि निकै राम्रा छन् ।’
राहुल फिल्मबाट ब्रेक लिएपछि अष्ट्रेलिया गएका थिए त्यहाँ ८ वर्ष बिताएपछि उनी सन् २०१५ मा फिर्ता आएका थिए । स्मरण रहोस्, राहुलले सन् २००७ मा बिगबस सिजन एकको उपाधि पनि जितेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण