बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

करिना पुनः 'आमा' बन्दै

बुधबार, १६ जेठ २०७५, १२ : ०७
बुधबार, १६ जेठ २०७५

छोरा तैमुरको जन्म अघि नै करिनाले निकै कम फिल्म खेल्न थालेकी थिइन् । गर्भावस्थादेखि तैमुर एक वर्ष नहुञ्जेल करिना फिल्मबाट टाढै रहिन् । तर फिल्म ‘वीरे दी वेडिङ’ बाट उनी बलिउडमा कमब्याक हुँदैछिन् । खबरका अनुसार उक्त फिल्मलगत्तै करिना अर्को फिल्ममा पनि अनुबन्ध हुँदैछिन् जसमा उनी आमा बन्नेछिन् ।

करिना पर्दामा बन्दैछिन् आमाः

स्रोतका अनुसार करन जोहरको ब्यानरमा बन्ने फिल्ममा करिनालाई आमाको भूमिकामा देख्न सकिन्छ । उक्त फिल्ममा विवाह र सम्बन्धलाई निकै राम्रो तरिकाले देखाइने बताइएको छ । उक्त रोमान्टिक फिल्ममा करिनाले साइनसमेत गरिसकेको बताइएको छ ।

सिद्धार्थको अपोजिट हुनेछिन् करिनाः

यो फिल्मका अन्य तीन मुख्य कलाकारबारे अहिलेसम्म केही जानकारी प्राप्त छैन तर केही दिन अघि करिनाको अपोजिटमा सिद्धार्थ मलहोत्रा हुने जानकारी प्राप्त भएको थियो ।  साथै कार्तिक आर्यन र जान्ह्वी कपुरलाई कास्ट गरिने पनि बताइएको छ । उक्त फिल्म यो वर्षको नोभेम्बरमा फ्लोरमा जाने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप