आठसय मिटर दौडमा विकास र राज्यलक्ष्मी च्याम्पियन
काठमाडौँ । पोखरामा जारी विश्वविद्यालय खेलकुद प्रतियोगिताको दोस्रो दिन बिहीबार भएको महिला तथा पुरुष आठ सय मिटर दौडमा त्रिभुवन विश्वविद्यालयका खेलाडी पहिलो भएका छन् ।
आठ सय मिटर दौडमा पुरुषतर्फ त्रिभुवन विश्वविद्यालयका विकास घिमिरे र महिलातर्फ पनि त्रिभुवन विश्वविद्यालयकै राज्यलक्ष्मी रावल प्रथम भएका हुन् । विकासले निर्धारित दूरी दुई मिनेट १०ः ११ सेकेन्डमा पुरा गरे । महिलातर्फ राज्यलक्ष्मिले निर्धारित दूरी दुई मिनेट ३५ः ३४ सेकेन्डमा पार गरिन् ।
पुरुषतर्फ मध्यपश्चिमान्चल विश्वविद्यालयका भरत राना दोस्रो र सुदूरपश्चिमान्चल विश्व विद्यालयका निपूर्ण चन्द तेस्रो भए । महिलातर्फ मध्यपश्चिमान्चल विश्वविद्यालयकी हिमाली शाही दोस्रो र गण्डकी विश्वविद्यालयकी कृति गिरी तेस्रो भए ।
यसैगरी, महिला लंङ्जम्पमा त्रिभुवन विश्वविद्यालयकी संचिता घिमिरे पहिलो भइन् । उक्त स्पर्धामा मध्यपश्चिमान्चल विश्वविद्यालयकी हिमाली शाही र त्रिभुवन विश्वविद्यालयकी विना थापा तेस्रो भए ।
पुरुष दुई सय मिटर दौडमा सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट प्रथम, त्रिभुवन विश्वविद्यालयका प्रकाश जोशी द्धितीय र काठमाडौँ विश्वविद्यालयका विकासकुमार शाह तृतीय भए ।
यसैगरी महिला दुई सय मिटर दौडमा त्रिभुवन विश्वविद्यालयका विना थारु प्रथम र आकृती चौधरी द्धितीय भए भने लुम्विनी विश्वविद्यालयकी मनिषा कुँवर क्षेत्री तृतीय भइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण