श्रीदेवीकी छोरीले गराइन् म्यागजिनका लागि पहिलो फाटोसुट
श्रीदेवीकी जेठी छोरी जान्ह्वी कपुरले एक फेशन म्यागजिनका लागि पहिलोपटक फोटोसुट गराएकी छिन् । म्यागजिनको जून महिनाको संस्करणका लागि उनी कभर गर्ल पनि हुन् । उक्त फोटोसुटमा जान्ह्वी फ्लोरल प्रिन्टको आउटफिटमा देखिएकी छिन् । अर्को फोटोमा भने उनले हल्का हरियो रङको ड्रेस लगाएकी छिन् । म्यागजिनका लागि जान्ह्वीको फोटो फोटोग्राफर प्रसाद नायकले खिचेका हुन् ।
यसै म्यागजिनलाई जान्ह्वीले अन्तर्वार्ता पनि दिएकी छिन् । यस क्रममा उनले आफ्नी आमा श्रीदेवीलाई सम्झिएकी छिन् । उनले आमाको मृत्युपछिको दुखबाट कहिले पनि उत्रन नसक्ने बताएकी छिन् । यद्यपी, उनले आमाको मृत्युपछि छरिएको परिवार एक भएको बताएकी छिन् । उनले भनिन्, ‘आमाको मृत्युपछि पूरा परिवारले एक अर्कालाई साथ दिए । हामी एक अर्कालाई सहयोग र समर्थन गरिरहेका छौं । ’
जान्ह्वी थप्छिन्, ‘मलाई आफ्ना आमाबुवाप्रति गर्व छ र अब मैले पनि उहाँहरुलाई मप्रति गर्व महसुस गराउन केही गर्नुपर्छ । ’
दिवंगत आमाले उनलाई अभिनयबारे सिकाएको पनि उनले बताएकी छिन् । आमालाई उद्धृत गर्दै उनी भन्छिन्, ‘तिमीले कुन रोल पाउँछौ त्यो महत्वपूर्ण होइन, ठूलो कुरा यो हो कि तिमीले उक्त रोलमा कस्तो छाप छोड्छौ ।’
जान्ह्वी कपुर फिल्म धडकबाट बलिउडमा डेब्यू गरिरहेकी छिन् । उक्त फिल्ममा उनका को–स्टार शाहिदका भाइ ईशान खट्टर हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण