केजरीवालले बनाए अग्रता, सिसोदिया पनि अगाडि
काठमाडौँ । दिल्ली विधानसभा चुनावको मतगणनामा आम आदमी पार्टीका सबैभन्दा ठुला नेता अरविन्द केजरीवालले अग्रता बनाएका छन् । निर्वाचन आयोगका अनुसार प्रारम्भिक मतगणनामा केजरीवालले नयाँ दिल्ली सिटमा अग्रता बताएका हुन्।
यस सिटमा उनी भाजपाका प्रवेश वर्मा र कांग्रेसका सन्दीप दीक्षितसँग प्रतिस्पर्धा गर्दैछन्। यद्यपि, यी सबै प्रारम्भिक नजिता हुन् र धेरै चरणको मतगणना अझै बाँकी छ।
बाबरपुर सिटबाट आप नेता गोपाल राय अगाडि छन्। यहाँ उनी भाजपाका अनिल कुमार वशिष्ठ विरुद्ध चुनाव लड्दैछन्। अर्कोतर्फ, ग्रेटर कैलाश सिटबाट सौरभ भारद्वाज अगाडि छन्। यस सिटमा भाजपाकी शिखा रोय पछाडि छिन्।
आम आदमी पार्टीका उम्मेदवार तथा पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि दिल्लीको जंगपुराबाट अगाडि छन्। जंगपुरा सिटबाट भाजपाका तरविन्दर सिंह मारवाह र कांग्रेसका फरहाद सुरी पछाडि छन्।
मनीष सिसोदियाले यसअघि लड्दै आएको पटपडगंज सिट छोडेका हुन् । त्यहाँ आपले अवध ओझालाई टिकट दिएको थियो। पटपडगंजबाट भाजपाका रवीन्द्र सिंह नेगी अगाडि छन्।
दिल्ली विधानसभा चुनावपछि आएका अधिकांश एक्जिट पोलहरूमा भाजपाले अग्रता लिने अनुमान गरिएको छ। सुरुवाती रुझानमा पनि भाजपा अगाडि छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण