ट्राइयाथलन संघको सातौँ वार्षिक साधारण सभा सम्पन्न
काठमाडौँ । नेपाल ट्राइयाथलन संघले आफ्नो विधान सम्मत सातौँ वार्षिक साधारण सभा आज शनिबार सम्पन्न गरेको छ ।
संघका अध्यक्ष निलेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको साधारण सभामा अध्यक्ष श्रेष्ठले संघको निर्वाचन पश्चात् संघले गरेका क्रियाकलाप र समस्याहरूका बारेका साधारण सभामा आफ्ना धारणा राख्नुका साथै संघका गतिविधिलाई सहजतापूर्वक सम्पन्न गर्न के कस्ता कार्य गर्नु पर्ने हो ? त्यसका बारेमा सभामा उपस्थित सदस्यहरूसँग समाधानका उपायहरुका बारेमा छलफल गरेका थिए ।
अध्यक्ष श्रेष्ठले आगामी वैशाख १३ र १४ गते (अप्रिल २६ र २७) पोखरामा आयोजना हुने एसिया ट्राइयाथलन कपलाई सफलता प्रदान गर्न केन्द्रीय कार्य समितिलाई एकजुट भएर लाग्न निर्देशन दिएका थिए । यसै गरी चैत्रमा आयोजना हुने १० औँ बृहत् राष्ट्रिय खेलकुदको तयारी र तदर्थ समितिमा सीमित प्रदेश संघको गठनलाई तीव्रता प्रदान गर्न निर्देशन दिएका थिए ।
संघका संस्थापक अध्यक्ष तथा मानार्थ अध्यक्ष गणेशमान पुनले संघको आगामी दिनमा आयोजना हुने कार्यक्रमको सफलताका साथै आफ्नो तर्फबाट हुन सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । संघका उपाध्यक्ष पूर्व प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले संघलाई मजबुत बनाउने कार्यमा आफ्नो तर्फबाट सक्दो सहयोग हुने प्रतिबद्धता व्यक्त गरे ।
साधारण सभामा महासचिव युवराज सुनुवारले संघको २०८०/८१ र २०८१/८२ को क्रियाकलापलाई समेटेको महासचिवको प्रतिवेदन प्रस्तुत गरेका थिए । कोषाध्यक्ष नीरज श्रेष्ठले संघको आर्थिक वर्ष २०८०/८१ को आर्थिक प्रतिवेदन पेस गरेका थिए ।
यस्तै साधारण सभामा उपस्थित कार्य समितिका सदस्यहरूले संघले आगामी दिनमा आयोजना गर्ने कार्यक्रमलाई सफल पार्न र संघलाई मजबुत पार्न आइपर्ने समस्याहरूलाई समाधान गर्न आआफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण