अन्तरराष्ट्रिय भेट्रान गोल्डकपको उपाधि विराट भेट्रान ‘ए’ लाई
सुन्दरहरैँचा । चौथो अन्तरराष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकप फुटबल प्रतियोगिताको उपाधि विराट भेट्रान ‘ए’ ले उचालेको छ । यहाँस्थित सुकुना खेलमैदानमा आज भएको फाइनल खेलका विराट भेट्रान ‘बी’ लाई १—७ गोलले पराजित गर्दैै आयोजक विराट भेट्रान ‘ए’ ले उपाधि उचालेको हो ।
विजेता टोलीबाट जर्सी नं ११ का खेलाडी कृष्ण शाक्यले खेलको ११, २५ तथा ६३औँ मिनेटमा एक्लै तीन गोल गरेका थिए । साथै जर्सी नं ९ का खेलाडी सुरज प्रधानले खेलको २२, ५१ र ६१ औँ मिनेटमा तीन गोल गरे । यसैगरी सोही टोलीबाट जर्सी नं ७ का खेलाडी डेनी राईले खेलको ३२औँ मिनेटमा अर्को गोल थपे ।
उपविजेतामा सीमित विराट भेट्रान ‘बी’का खेलाडी जर्सी नं १६ का निर्मल तामाङले खेलको ४९ औँ मिनेटमा एक गोल गरेर आफ्नो टोलीलाई शून्य गोलबाट जोगाएका थिए । खेल अवधिभरि विजेता टोलीले उपविजेतालाई कडा दबाबमा राखेको थियो । खेलमा गोल गर्ने थुप्रै अवसर पाए पनि उपविजेता टोलीले त्यसको सहदुपयोग गर्न सकेन ।
प्रतियोगिताको विजेता टोलीले रु एक लाख तथा उपविजेताले रु ५० हजार नगदका साथमा ट्रफी र प्रमाणपत्र पुरस्कार प्राप्त गरेका छन् । खेलको ‘म्यान अफ दी म्याच’ विजेता टोलीका खेलाडी कृष्ण शाक्य, वेस्ट डिफेन्ड सरोज बस्नेत तथा ‘म्यान अफ सिरिज’ जेनी राई घोषित भए ।
यही माघ १९ गतेदेखि भएको प्रतियोगितामा नेपालका आठ र भारतका दुई गरेर दश भेट्रान टोलीको सहभागिता रहेको थियो । गत वर्ष प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल एपिएफ काठमाडौँले उचालेको थियो । राजारानी फुटबल क्लब धनकुटा उपविजेता बनेको थियो । यसपटकको प्रतियोगितामा सुन्दरहरैँचा नगरपालिका मुख्य सहयोगी तथा जिल्ला फुटबल सङ्घ मोरङ सहयोगकर्ता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण