अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता : डडेल्धुरा र अत्तरिया भिड्दै
फाप्ला । कैलालीको धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटको फाइनल खेल आज हुँदैछ । फाप्ला क्रिकेट मैदानमा दिउँसो १ बजे हुने फाइनल खेलमा फ्रेन्ड्स युथ क्लब डडेल्धुरा र सिवाइसी अत्तरिया भिड्नेछन् ।
न्यू होराइजन बुटवललाई हराएर डडेल्धुरा फाइनलमा पुगेको हो भने डिसिए धनगढीलाई पराजित गर्दै अत्तरिया अन्तिम २ मा सुरक्षित भएको हो । फाइनल खेल रोमाञ्चक हुने अनुमान गरिएको छ ।
डडेल्धुरामा कुशल भुर्तेल, सन्दीप जोरा, विनोद भण्डारीलगायतका स्टार खेलाडी रहेका छन् । अत्तरियामा भीम सार्की, विवेक यादव, साहव आलम जस्ता नामी खेलाडी आवद्ध छन् । नेपाल क्रिकेट सङ्घको वार्षिक क्यालेण्डरमा समावेश भएको प्रतियोगिताको विजेताले नगद रु १० लाख र उपविजेताले नगद पाँच लाखसहित ट्रफी पाउनेछन् ।
धनगढी र सुदूरपश्चिम प्रदेशको क्रिकेटका सारथी रहेका अर्जुन खड्कालाई समर्पित गर्दै आयोजना गरिएको प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद रु एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०र५० हजार पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण