नारायणी नदीमा हामफालेकी महिलाको सकुशल उद्धार
मङ्गलबार, २९ माघ २०८१, १६ : ५३
काठमाडौँ । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–७ स्थित नारायणी नदीमा हाम फालेकी महिलाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
सोही जिल्लाको प्रतापपुर गाउँपालिका–३ सोमनी बस्ने ३५ वर्षिया महिला मंगलबार त्रिवेणी ब्यारेजबाट नारायणी नदीमा हाम फालेकी हुन् ।
सो घटनाबारे जानकारी पाउनासाथ बिओपी विनयी त्रिवेणीबाट सशस्त्र प्रहरी निरीक्षक गणेश थापाको कमान्डमा खटिएको सुरक्षा फौजले उनलाई सकुशल उद्धार गरेको हो ।
उद्धार पश्चात् उनलाई उपचारको लागि त्रिवेणी स्वास्थ्य चौकीमा लगिएको सशस्त्र प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण