जनयुद्ध दिवसमा नुवाकोटका चार स्थानीय तहले दिए सार्वजनिक बिदा
बुधबार, ३० माघ २०८१, २१ : ३४

नुवाकोट । जनयुद्ध दिवसको दिन नुवाकोटका चार वटा स्थानीय तहले सार्वजनिक बिदा दिने घोषणा गरेका छन्।
आज जिल्लाका बेलकोटगढी नगरपालिका, ककनी, पन्चकन्या र दुप्चेश्वर नगरपाकिकाले बिदा दिने घोषणा गरेका हुन्।
यी स्थानीय तहहरूले बेग्लाबेग्लै सूचना जारी गर्दै आफ्नो क्षेत्रअन्तर्गत रहेका सम्पूर्ण सरकारी तथा गैरसरकारी, शैक्षिक क्षेत्र तथा संघ संस्थामा फागुन १ गते बिदा दिने निर्णय गरेका हुन्।