नगरको नारा, ‘एक घर एक धारा’
धुलिखेल । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बुडोलका नागरिकलाई ‘एक घर एक धारा’ अभियानअन्तर्गत खानेपानी वितरणका लागि तीन लाख क्षमताको खानेपानी ट्याङ्की निर्माण गरिने भएको छ ।
एकीकृत खानेपानी आयोजनामार्फत एक घर एक धारा वितरणका लागि डाँडागाउँ खानेपानी ट्याङ्की निर्माण तथा पाइपलाइन विस्तार योजना निर्माणकार्य बुधबारदेखि सुरु भएको छ ।
निर्माणकार्य शुभारम्भ गर्दै नगर प्रमुख शान्ति रख्त शाक्यले सबै नागरिकको घरमा खानेपानी पुर्याउने नगरको योजना रहेको बताए । यसअघि काभ्रे उपत्यका एकीकृत खानेपानीअन्तर्गत पानी आपूर्ति गर्दै आएकामा गत असोज १२ गते गएको बाढीले क्षति पुगेपछि नगरपालिकामा फेरि खानेपानीको समस्या भएको उनको भनाइ छ ।
नगरप्रमुख शाक्यले बनेपा नगरपालिकाले सबै वडाका नागरिकहरुलाई एक घर एक धारा जडानको उद्देश्यअनुरुप खानेपानीलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको बताए । खानेपानीमा राजनीति नगरी समस्या समाधान गर्ने काममा सहयोग गर्न उहाँले सबै नगरवासीलाई आग्रह गरे ।
नगर उपप्रमुख बिमला सापकोटा दाहालले बनेपा नगरपालिका–६ ले सुरु गरेको अभियानमा नगरपालिकाको पूर्ण समर्थन रहेको र यसका लागि आवश्यक बजेट तथा समन्वयका लागि नगरपालिका तयार रहेको बताउनुभयो । उहाँले खानेपानी, सडक, स्वास्थ्य जस्ता विकासमा सबै नगरवासीले साथ र सहयोग गर्नुपर्नेमा जोड दिईन् ।
बनेपा नगरपालिका–६ का वडाअध्यक्ष सचितानन्द केसी पहिलो चरणको खत्रीगाउँ डिपबोरिङको काम ९९ प्रतिशत सम्पन्न गरी धारा वितरण गरिसकेको बताउँछन् । उनले दोस्रो चरणको योजनाबाट डाँडागाउँ क्षेत्रका करिब एक हजार जना लाभान्वित हुने बताए ।
सबै पानीका मुहान एकीकृत गर्न गठित समितिका संयोजक कृष्णबुद्ध बजगाईंले वडावासीको समग्र हितका लागि छरिएका मुहानलाई एकीकृत गर्न भएको सहमतिअनुसार तीव्र गतिमा काम अगाडि बढिरहेको बताए ।
डाँडागाउँ खानेपानी ट्याङ्की निर्माण तथा ‘पाइपलाइन’ विस्तार योजनाका संयोजक सुनिल घर्ती मगरले ३५ लाख ३० हजारमा लाइन विस्तार र खानेपानी ट्याङ्की निर्माण सम्पन्न हुने बताए । नगरस्तरीय योजनाअन्तर्गत पाँच लाख ३० हजार उपभोक्ताबाट र बाँकी ३० लाख नगरपालिकाबाट व्यहोर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण