जान्ह्वीले बताइन् आमा श्रीदेवीसँग बिताएको अन्तिम रातको कहानी
श्रीदेवीको मृत्युपछि उनले आफ्नी जेठी छोरी जान्ह्वीले अभिनय गरेको फिल्म हेर्ने सपना अधुरै रह्यो भन्ने विषयले सबैभन्दा धेरै चर्चा पायो । तर यो कुरा गलत भएको जान्ह्वीले जानकारी दिएकी छिन् । हालै फेशन म्यागजिनका लागि फोटोसुटपछिको अन्तर्वार्तामा उनले यसबारे कुरा गरेकी हुन् । उनका अनुसार श्रीदेवीले फिल्म धडकको २५ मिनेटको फुटेज हेरेकी थिइन् । फिल्मको फुटेज हेरेपछि श्रीदेवीले जान्ह्वीलाई विशेष टिप्ससमेत दिएको उनले जानकारी दिइन् । जान्ह्वीले फिल्म निर्माता करन जोहरसँग कुराकानी गरेकी हुन् ।
स्क्रिनमा हेरेर श्रीदेवीले भनिन्, ‘तिम्रो मस्कारा फैलिएको छ...’
आमाको मृत्युपछि जान्ह्वीले पहिलो पटक श्रीदेवीबारे खुलेर कुरा गरेकी थिइन् । आफूलाई पहिलो पटक स्क्रिनमा देखेर श्रीदेवीले जान्ह्वीको मस्कारा फैलिएको जसले उनलाई पनि डिस्टर्ब गरिरहेको बताएको उनले जानकारी दिइन् ।
अन्तर्वार्ताको क्रममा उनले अन्तिम अवस्थामा आमासँग समय बिताउन नपाएकोमा अफसोस व्यक्त गरेकी छिन् । श्रीदेवी दुबई जानुअघि जान्ह्वी फिल्मको काममा नै व्यस्त रहेको उनले जानकारी दिइन् । दुबई उड्नुअघि आमासँग घरमा बिताएको अन्तिम रातबारे उनले कुरा गरेकी छिन् । उनले भनिन्, ‘दिनभरीको सुटिङपछि म अबेर राती घर फर्किएकी थिएँ । आमाले मलाई सधैं सुताउने गर्नुहुन्थ्यो । त्यसदिन पनि मैले आमालाई सुताउन आग्रह गरेँ । तर विवाहमा जाने तयारीमा उहाँ निकै व्यस्त हुनुहुन्थ्यो तर पनि उहाँ मेरो कोठामा मलाई सुताउन आउनुभयो । निन्द्रामा पनि मैले उहाँको हात टाउकोमा महसुस गरिरहेको थिएँ ।’
‘आमाले भन्नुभएको थियो, कमललाई फोहोरमा छोडिरहेको छु’
जान्ह्वीका अनुसार उनले लण्डनको एक्टिङ स्कूलमा पढेकी हुन् । उनलाई त्यहाँ पहिलो पटक पुर्याउन जाँदा श्रीदेवीले कमललाई फोहोरमा छोडिरहेको छु भनेको जान्ह्वीले जानकारी दिइन् । श्रीदेवी आफ्नी छोरी फिल्मी क्षेत्रमा करियर बनाओस् भन्ने पक्षमा थिइनन् । यद्यपी, कान्छी छोरी खुसी फिल्ममा आएपनि उनलाई त्यसमा केही आपत्ति थिएन । जान्ह्वीले भनिन्, ‘आमालाई सधैं लाग्थ्यो कि म निकै सेन्सेटिभ छु । उहाँले मलाई थुप्रै पटक आफ्नो हातले खाना खुवाउनु हुन्थ्यो ।’
बिहान उठ्ने बित्तिकै आमाबारे सोध्ने गर्थिन् जान्ह्वीः
जान्ह्वीले आफू बिहान उठ्ने बित्तिकै सबैभन्दा पहिले आमाबारे सोध्ने गरेको बताइन् । उनले भनिन्, ‘आमालाई सधैं मेरो बारे चिन्ता लाग्थ्यो । म आमाको निकै नजिक थिएँ । आमाको मृत्यु भएपछि बहिनीले मेरो ख्याल राख्ने गर्छिन् । बहिनी भएपनि खुसीले मेरो सबै कुराको ख्याल राख्छिन् र अब उनले नै सुताउने गर्छिन् ।’
स्मरण रहोस्, जान्ह्वी फिल्म धडकबाट बलिउडमा डेब्यू गर्दैछिन् । धर्मा प्रोडक्सनको ब्यानरमा बनेको उक्त फिल्म यही जुलाईमा रिलिज हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण