जनयुद्ध न्यायका लागि लडिएको मुक्तियुद्ध थियो : सहयात्री
काठमाडौँ । नेकपा माओवादी केन्द्र बागमती प्रदेशका अध्यक्ष सरल सहयात्री जनयुद्ध हिंसा नभई मुक्तियुद्ध रहेको बताएका छन् । उनले जनयुद्ध हिंसा नभई न्यायका लागि लडिरहेको मुक्तियुद्ध रहेको बताए ।
उनले जनयुद्ध दिवस (फागुन १) को अवसरमा शुभकामना दिँदै १७ हजार सहिदहरूको बलिदानले अन्यायका पिँजडाहरू तोडिदियो बताए ।
'स्वतन्त्रता हरेक व्यक्तिका लागि खुला आकाश हो, जहाँ गन्तव्य छान्ने अधिकार स्वतःस्फूर्त हुनुपर्छ। तर, त्यो आकाश धर्मको, परम्पराको, जातीय विभेदको, श्रम शोषणको, र राज्यद्वारा लादिएको वर्गीय अन्यायको पिँजडामा कैद गरिएको थियो ।' उनले भने, '१७,००० सहिदहरूको बलिदानले ती पिँजडाहरू तोडिदियो । जनयुद्ध कुनै हिंसा थिएन, यो त न्यायका लागि लडिएको अभूतपूर्व मुक्तियुद्ध थियो ।'
उनका अनुसार ३० औँ जनयुद्ध दिवसको ऐतिहासिक दिनमा आफूहरूले त्यो इतिहासलाई गर्वका साथ सम्झन्छौ विचारप्रति अडिग रहने, संगठनप्रति कहिल्यै विचलित र विकेन्द्रित नहुने आफूहरूले प्रतिज्ञा गरेको उनको भनाई छ । आन्दोलन र पार्टीलाई धोका दिने गद्दारहरूप्रति घृणा गर्दै, सहिदहरूले देखाएको बाटोमा दृढताका साथ अघि बढ्ने सङ्कल्प लिएको उनले बताए ।
जनवादी केन्द्रीयताको मर्म पक्रन, आफूलाई आफ्ना कुण्ठाहरूबाट मुक्त पार्न, आफ्ना स्वार्थ भन्दा सहिदका सपनालाई माथि राख्न र कहिल्यै विचलित नभई अन्तरसंघर्ष र वर्गसंघर्षको मर्मलाई भोग्दै, धीरतापूर्वक अवलम्बन गर्ने साहस गर्नुपर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण