प्रवासमा मनाइयो जनयुद्ध दिवस
काठमाडौँ ।प्रवासमा पनि जनयुद्ध दिवस मनाइएको छ । विश्वका विभिन्न देशमा नेकपा माओवादी केन्द्रका शुभेच्छुक संस्थाहरूले ३० औँ जनयुद्ध दिवस मनाएका हुन् ।
सोही क्रममा बिहीबार जनप्रगतिशील मञ्च दक्षिण कोरियाले जनयुद्ध दिवस भव्य रूपमा मनाएको छ । जनप्रगतिशील मञ्चका अध्यक्ष जीवन खतिवडा अध्यक्षतामा भएको कार्यक्रममा जनयुद्धको जगमा प्राप्त उपलब्धिको विषयमा चर्चा गर्दै सहिदहरुप्रति श्रद्धाञ्जली र घाइते तथा बेपत्ता र सम्पूर्ण योद्धाहरूमा सम्मान प्रकट गरियो ।
भर्चुअल रूपमा आयोजित सो कार्यक्रममा बोल्दै माओवादी केन्द्रको एसिया संगठन समितिका इन्चार्ज ओम शर्माले जनयुद्धको जगमा राजतन्त्रलाई फाल्न सफल भइएको र संविधानसभाबाट संविधान पनि बनाइएको भन्दै संविधानले दिएका अधिकार संरक्षण गर्दै अब समाजवादको बाटोमा अघि बढ्नुपर्ने धारणा राखे ।
उनले केन्द्रीय समिति बैठकको निर्णयअनुसार अब पार्टी जनतासँग हातेमालो गर्दै समाजवादको बाटोमा अघि बढ्ने धारणा राखे । शर्माले जनयुद्धलाई उल्लासको रूपमा मनाइनुपर्नेमा समेत जोड दिए ।
यस्तै सल्लाहकार प्रदीप अधिकारीले जनयुद्ध एक खालको विश्वविद्यालय भएको भन्दै यसबाट धेरै कुरा सिक्न सकिने बताए । पूर्वी एसियाको महाशाखाका संयोजक ईश्वर कठायतले जनयुद्धको बलबाट प्राप्त उपलब्धिको चर्चा गरे ।
यस्तै कतारमा नेपाली जनप्रगतिशिल मंच कतारले पनि दिवसको अवसरमा उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको एसिया समिति संयोजक शनिकुमार वलीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण