१७ वर्षीया किशोरीलाई ब्ल्याकमेल गर्दा हिरासतमा पुगे आईटीका विद्यार्थी
काठमाडौँ । आफूले अध्ययन गरेको ज्ञान र सीपको दुरुपयोग गर्ने एक विद्यार्थी प्रहरी हिरासतमा पुगेका छन्।
सूचना प्रविधि विषयमा स्नातक गरिरहेका २० वर्षीय आयुष कुँवरलाई प्रहरीको साइबर ब्युरोले माघ २९ गने स्वयम्भूबाट पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।
काठमाडौँ महानगरपालिका–१६ स्थित वनस्थली घर भएका कुँवर टेकस्पायर कलेजमा बीएससी आईटीका विद्यार्थी हुन् ।
करिब ८ महिनाअघि सामाजिक सञ्जालबाट चिनजान गरेर १७ वर्षीया किशोरीलाई ब्ल्याकमेल गरेको उनीमाथि आरोप छ । भलिबल खेलाडीसमेत रहेका कुँवरले स्न्याप च्याटमार्फत किशोरीसँग कुराकानी सुरु गरेका थिए ।
कक्षा १२ मा पढ्ने किशोरीसँग उनको स्न्याप च्याटमा माया प्रेमका कुरा गर्थे । कुरा गर्दा आयुषले आफ्नो गोप्य अंग देखाउँथे र किशोरीलाई पनि त्यस्तै देखाउन भन्दै भन्थे । अनि किशोरीले पठाएका फोटोहरू स्क्रिन रेकर्ड गरेर राख्ने गर्थे ।
सात–आठ महिना कुराकानी भएपछि कुँवरले ती किशोरीलाई यौन प्रस्ताव राख्छन् । स्वयम्भुको एउटा होटलमा आउन आग्रह गर्दै भन्छन्, ‘होटलमा तिर्ने पैसा पनि तिमी नै लिएर आऊ नत्र मसँग तिम्रो भिडियो छ सार्वजनिक गरिदिन्छु ।’
आफ्नो प्रस्ताव अस्वीकार गरे सामाजिक सञ्जाल ‘टेलिग्राम’ ग्रुपमार्फत त्यस्तो भिडियो सार्वजनिक गर्ने उनले धम्कीसमेत दिएका थिए। किशोरीले उनको प्रस्ताव अस्वीकार गरिन् । त्यसपछि आयुषले टेलिग्राम ग्रुपमा भिडियो पठाएको स्क्रिन सट किशोरीलाई पठाएर अझ ब्ल्यकमेल गर्न थालेका थिए ।
किशोरीका बुवाले दिएको जाहेरीका आधारमा आयुष पक्राउ परे । पक्राउ परेपछि अनुसन्धान अधिकृतहरूसँग उनले भनेका छन्, ‘उनलाई तर्साउन स्क्रिनसट पठाएको हुँ, मैले भिडियो सार्वजनिक गरेको छैन ।’
किशोरीले थाहा नपाउने गरी कुराकानीको स्क्रिन रेकर्ड गरेर राखेको तथ्य आयुषले अनुसन्धान अधिकृतहरूसँग स्वीकार गरेका छन् । यौन सम्पर्क गर्ने प्रस्ताव किशोरीले अस्वीकार गरेपछि आयुषले ब्ल्याकमेल गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
उनीविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गत अदालतबाट म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
यो पनि
बालिकालाई अश्लीलता प्रदर्शन गर्न लगाई अनुचित लाभ लिने खोज्ने २० वर्षीय युवक पक्राउ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण