महाभियोग खेपिरहेकी फिलिपिन्सकी उपराष्ट्रपति सर्वोच्च अदालतको शरणमा

मनिला । महाभियोगको खेपिरहेकी फिलिपिन्सकी उपराष्ट्रपति सारा डुटेर्टे सर्वाेच्च अदालतको शरणमा पुगेकी छन् ।
आफूमाथिको महाभियोग रद्द गर्न र सिनेटमा सुनुवाइ रोक्न उनले अदालतसमक्ष आग्रह गरेकी छन् । राष्ट्रपति फर्डिनान्ड मार्काेस जुनियरको हत्याको षड्यन्त्र रचेको, ठुलो भ्रष्टाचारमा संलग्न भएको र विवादित दक्षिण चीन सागरमा फिलिपिन्स सेनाविरुद्ध चीनको आक्रामक कारबाहीको निन्दा गर्न असफल भएको आरोप लगाउँदै फेब्रुअरी ५ मा सांसदहरूले उनीमाथि महाभियोग लगाएका थिए ।
उपराष्ट्रपति सारा डुर्टेटेले आफ्ना वकिलहरूमार्फत १५ सदस्यीय सर्वाेच्च अदालतलाई महाभियोग रद्द गर्न र मुद्दा रोक्न आग्रह गरेकी हुन् । आफूविरुद्ध महाभियोग त्रुटिपूर्ण, संवैधानिक रूपमा कमजोर र गलत भएको उनीहरूको तर्क छ ।
उपराष्ट्रपतिविरुद्ध उजुरी यति छिटो सिनेटमा पठाइएयो कि, धेरै सांसदहरूले हस्ताक्षर गर्नुअघि यसलाई पढ्न पनि नसकिएको बताएका थिए । डुटेर्टेलाई सन् २०२८ को राष्ट्रपति चुनाव लड्न रोक्ने षडयन्त्र गरिएको उनीहरूको तर्क थियो । यसलाई वकिलहरूले राजनीतिक उत्पीडन भनेका छन् ।