महाभियोग खेपिरहेकी फिलिपिन्सकी उपराष्ट्रपति सर्वोच्च अदालतको शरणमा
मनिला । महाभियोगको खेपिरहेकी फिलिपिन्सकी उपराष्ट्रपति सारा डुटेर्टे सर्वाेच्च अदालतको शरणमा पुगेकी छन् ।
आफूमाथिको महाभियोग रद्द गर्न र सिनेटमा सुनुवाइ रोक्न उनले अदालतसमक्ष आग्रह गरेकी छन् । राष्ट्रपति फर्डिनान्ड मार्काेस जुनियरको हत्याको षड्यन्त्र रचेको, ठुलो भ्रष्टाचारमा संलग्न भएको र विवादित दक्षिण चीन सागरमा फिलिपिन्स सेनाविरुद्ध चीनको आक्रामक कारबाहीको निन्दा गर्न असफल भएको आरोप लगाउँदै फेब्रुअरी ५ मा सांसदहरूले उनीमाथि महाभियोग लगाएका थिए ।
उपराष्ट्रपति सारा डुर्टेटेले आफ्ना वकिलहरूमार्फत १५ सदस्यीय सर्वाेच्च अदालतलाई महाभियोग रद्द गर्न र मुद्दा रोक्न आग्रह गरेकी हुन् । आफूविरुद्ध महाभियोग त्रुटिपूर्ण, संवैधानिक रूपमा कमजोर र गलत भएको उनीहरूको तर्क छ ।
उपराष्ट्रपतिविरुद्ध उजुरी यति छिटो सिनेटमा पठाइएयो कि, धेरै सांसदहरूले हस्ताक्षर गर्नुअघि यसलाई पढ्न पनि नसकिएको बताएका थिए । डुटेर्टेलाई सन् २०२८ को राष्ट्रपति चुनाव लड्न रोक्ने षडयन्त्र गरिएको उनीहरूको तर्क थियो । यसलाई वकिलहरूले राजनीतिक उत्पीडन भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
-
बारामा कांग्रेसका दुई समूहबिच झडप, केही कार्यकर्ता घाइते
-
बारामा कांग्रेसका दुई समूहबिच झडप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण