अध्यादेशका कन्टेन्ट प्रतिस्थापन विधेयकमार्फत सच्याउन सकिन्छ : घिमिरे

काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रतिपक्षी दलहरूलाई सरकारले जारी गरेका अध्यादेशमा रहेका कन्टेन्ट रहेका विषयमा आपत्ति रहे प्रतिस्थापन विधेयकमार्फत सच्याउन सकिने बताएका छन् ।
प्रतिनिधि सभाको मंगलबार विशेष समयमा बोल्दै प्रमुख सचेतक घिमिरेले अहिले कानुन निर्माणको प्रक्रियामा पुग्नलाई स्वीकृत गर्न सहयोग गर्न आग्रह गरे ।
‘अध्यादेशमा रहेका केही कन्टेन्टमा आपत्ति रहेमा प्रतिस्थापन विधेयकमार्फत केही कुरा सच्याउन सकिन्छ,’ घिमिरेले भने, ‘अध्यादेश ल्याउने विषय संविधानमै व्यवस्था छ । संसद् छलेर अध्यादेश ल्याउने होइन, अध्यादेश कानुन बन्न सांसदमै आउनुपर्छ । त्यसमा सच्याउन हामी तयार छौँ ।’
उनले सरकारले ल्याएका ६ अध्यादेशमा कोकोहोलो मच्चाउनुपर्ने कारण नभएको बताए ।
माओवादीले अध्यादेश ल्याउँदा कांग्रेसले प्रमुख प्रतिपक्षी हुँदा खुल्ला दिलले सहयोग गरेको बताउँदै उनले प्रतिपक्षी हुँदा सरकारका सबै काममा विरोध गर्नुपर्छ भन्ने नहुने बताए ।
उनले प्रतिपक्षीलाई अध्यादेश एक मतमा पारित गर्न आग्रह पनि गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस सबै दलको साझा धारणा बनाउने प्रयासको अग्रसरता लिन तयार छ : देउवा
-
जनमोर्चाले भन्यो : सरकारले बजेटमार्फत पुँजी पलायनलाई वैधानिकता दियो
-
मंगलबार संघीय निजामती सेवा विधेयक पेस गर्ने तयारी
-
कमल थापा पक्राउ पछि राजेन्द्र लिङ्देनले भने– रिहा नगरे आन्दोलन थप सशक्त बनाउँछौँ
-
यसरी पक्राउ परे कमल थापासहितका राजावादी, तस्बिरमा हेर्नुहोस्
-
राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ