अध्यादेशका कन्टेन्ट प्रतिस्थापन विधेयकमार्फत सच्याउन सकिन्छ : घिमिरे
काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रतिपक्षी दलहरूलाई सरकारले जारी गरेका अध्यादेशमा रहेका कन्टेन्ट रहेका विषयमा आपत्ति रहे प्रतिस्थापन विधेयकमार्फत सच्याउन सकिने बताएका छन् ।
प्रतिनिधि सभाको मंगलबार विशेष समयमा बोल्दै प्रमुख सचेतक घिमिरेले अहिले कानुन निर्माणको प्रक्रियामा पुग्नलाई स्वीकृत गर्न सहयोग गर्न आग्रह गरे ।
‘अध्यादेशमा रहेका केही कन्टेन्टमा आपत्ति रहेमा प्रतिस्थापन विधेयकमार्फत केही कुरा सच्याउन सकिन्छ,’ घिमिरेले भने, ‘अध्यादेश ल्याउने विषय संविधानमै व्यवस्था छ । संसद् छलेर अध्यादेश ल्याउने होइन, अध्यादेश कानुन बन्न सांसदमै आउनुपर्छ । त्यसमा सच्याउन हामी तयार छौँ ।’
उनले सरकारले ल्याएका ६ अध्यादेशमा कोकोहोलो मच्चाउनुपर्ने कारण नभएको बताए ।
माओवादीले अध्यादेश ल्याउँदा कांग्रेसले प्रमुख प्रतिपक्षी हुँदा खुल्ला दिलले सहयोग गरेको बताउँदै उनले प्रतिपक्षी हुँदा सरकारका सबै काममा विरोध गर्नुपर्छ भन्ने नहुने बताए ।
उनले प्रतिपक्षीलाई अध्यादेश एक मतमा पारित गर्न आग्रह पनि गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण