रणबीर कपुरले आलियासँगको डेटिङ स्विकारेः भने, ‘यो अहिले नयाँ छ’
बलिउड नायक रणबीर कपुर आजकाल संजय दत्तको बायोपिक फिल्म ‘संजु’ का कारण चर्चामा छन् । हालै रिलिज भएको फिल्मको ट्रेलरमा रणबीरको कामको निकै तारिफ आइरहेको छ ।
संजुको ट्रेलर रिलिज भएको २४ घण्टा नबित्दै १ करोडभन्दा बढीले हेरिरहेका छन् । संजूका साथै रणबीर आजकाल रणबीर कपुरसँगको सम्बन्धका कारण पनि निकै चर्चा बटुलिरहेका छन् ।
हालै, जिक्यु इंडिया म्यागजिनका लागि रणबीर कपुरले अन्तर्वार्ता दिएका छन् जसमा उनले आलियासँगको सम्बन्ध स्विकारेका छन् । उनले यसबारे भनेका छन्, ‘हो, यो सबै अहिले नयाँ छ । नयाँ प्रेमले तपाईंभित्र सबै उत्सुकता लिएर आउँछ । तपाईंको पुरानो ट्रिक्स अचानक नयाँ हुन्छ । आज म पहिलाभन्दा ब्यालेन्स छु । मलाई सम्बन्धको महत्व छ ।’
रणबीर कपुर थप्छन्, ‘तर योभन्दा महत्वपूणै कुरा के हो भने यो सम्बन्धमा कुरा गर्नु चाँडै हुन्छ । एक कलाकारको रुपमा, एक व्यक्तिको रुपमा, आलियाको काम हेर्छु, जब उनले अभिनय गरेको हेर्छु, वास्तविक जीवनमा पनि, उनले यसमा जे जति मेहनत गर्छिन्, म त्यसलाई आफ्नो लागि लिन चाहन्छु ।’
स्मरण रहोस्, केही समयअघिको एक अन्तर्वार्तामा रणबीरले आलियाको सम्बन्धबारे भनेका थिए, ‘हो, एक पुरुषको हिसाबले मलाई उनीमाथि क्रश छ ।’
यता रणबीरसँगको सम्बन्धबारे एक टक शोमा आलिया भट्टले भनेकी थिइन्, ‘म रणबीरसँगको सम्बन्धको खबरलाई न त अस्विकार गर्न सक्छु न नै यसमा सहमती जनाउन सक्छु । मलाई उनको फेशन सेन्स र काम निकै मनपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण