हिन्दूवादी नेताको उद्घोष : सलमानलाई कुट्नेलाई भारु २ लाख पुरस्कार
मुम्बई । सलमान खानको निर्माणमा बन्न लागेको चलचित्र ‘लभरात्री’ ले हिन्दू समुदायको भावनामा ठेस पुर्याएको भन्दै सुपरस्टारलाई पिट्नेलाई २ लाख पुरस्कार दिने ‘हिन्दू हि आगे’ नामक संस्थाका अध्यक्ष गोविन्द परासरले घोषणा गरेका छन् ।
यो समूहको गठन विश्व हिन्दू परिषद्का पूर्व अध्यक्ष प्रबिन तोगाडियाले गठन गरेका हुन् ।
आयुश शर्मालाई लञ्च गर्नका लागि आगामी अक्टोबरमा ‘लभरात्री’ रिलिज गरिँदैछ ।
परासर र उनका समर्थकहरुका अनुसार ‘लभरात्री’ हिन्दू पर्व ‘नवरात्री’ नाम बिगारेर बनाइएको हो ।
‘हामी सलमान खानको यस्तो उद्देश्यको भत्सर्ना गर्छौं र यो चलचित्रलाई प्रतिबन्ध गर्न माग गर्छौँ । यदी यसलाई रिलिज गरियो भने हामी हर शक्ति लगाएर विरोध गर्छौँ,’ परासरले भने ।
त्यसपछि उनले सार्वजनिक स्थानमा सलमानलाई पिट्न सक्नेलाई पुरस्कारको घोषणा पनि गरेका थिए ।
उनले सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेसनलाई प्रतिबन्ध गर्न माग गर्दै नवरात्रीमा चलचित्रलाई रिलिज गरिए हिंस्रक प्रदर्शन गर्ने चेतावनी पनि दिए ।
यो चलचित्र चलाउने सिनेमा घर तोडफोड गरिने पनि उनको चेतावनी थियो ।
संस्थाका कार्यकर्ताले सलमान खानको पोस्टरहरु समेत जलाएको थियो ।
गोविन्द परिसर बजरंग दलका सदस्य रहिसकेका छन् । दशैँमा हतियार प्रदर्शन गरेको आरोपमा उनी पक्राउ परिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण