८० किलो चाँदीसहित समातिएका युवकविरुद्ध उच्च अदालतमा अभियोग दायर
चाँदीको अवैध ओसारपसार गरी राजश्व चुहावट गरेको कसुरमा तीन जना प्रतिवादीविरुद्ध अभियोगपत्र दायर भएको छ।
राजश्व अनुसन्धान कार्यालय पथलैयामार्फत अनुसन्धान गरी तीन जना प्रतिवादीहरू उपर अभियोगपत्र दायर गरिएको महानिर्देशक चण्डी प्रसाद घिमिरेले बताए ।
१ करोड २ लाख बराबरको ६० किलो ८० ग्राम चाँदीसहित मंसिर २२ गते पक्राउ परेका बारा कलैया उपमहानगरपालिका - ५ का ३६ वर्षीय कर्मा साह सोनारलाई पक्राउ गरेको थियो ।
बाग्मती प्रदेश ०३-००५ प ०३२६ नं को स्कुटरमा फल्स बटम बनाई लुकाई छिपाई ६० किलो ८० ग्राम चाँदी वीरगञ्जबाट हेटौंडातर्फ लैजाँदै गरेको अवस्थामा उनी पक्राउ परेका थिए ।
उनलाई अवैध रूपमा चोरी पैठारी गर्ने कार्यमा संलग्न रही राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ अनुसार ९६ लाख ६० हजार ८ सय ६४ रुपैयाँ र बिगोबमोजिम शतप्रतिशत जरिवाना र कैद मागदाबी गर्दै उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जमा अभियोग पत्र दायर गरिएको छ।
साथै सोही मुद्दामा वीरगञ्ज महानगरपालिका वडा नं २८ बस्ने ४० वर्षीय शंकर साह सोनार भनिने शंकर प्रसाद सोनार र कलैया उपमहानगरपालिका-५ बस्ने ३७ वर्षीय इन्द्र कुमारी परियारउपर मुख्य अभियुक्तलाई हुने सजायको आधा सजाय मागदाबी गरी अभियोग पत्र दायर गरिएको सूचना अधिकारी नवराज अधिकारले जानाकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण