८० किलो चाँदीसहित समातिएका युवकविरुद्ध उच्च अदालतमा अभियोग दायर

चाँदीको अवैध ओसारपसार गरी राजश्व चुहावट गरेको कसुरमा तीन जना प्रतिवादीविरुद्ध अभियोगपत्र दायर भएको छ।
राजश्व अनुसन्धान कार्यालय पथलैयामार्फत अनुसन्धान गरी तीन जना प्रतिवादीहरू उपर अभियोगपत्र दायर गरिएको महानिर्देशक चण्डी प्रसाद घिमिरेले बताए ।
१ करोड २ लाख बराबरको ६० किलो ८० ग्राम चाँदीसहित मंसिर २२ गते पक्राउ परेका बारा कलैया उपमहानगरपालिका - ५ का ३६ वर्षीय कर्मा साह सोनारलाई पक्राउ गरेको थियो ।
बाग्मती प्रदेश ०३-००५ प ०३२६ नं को स्कुटरमा फल्स बटम बनाई लुकाई छिपाई ६० किलो ८० ग्राम चाँदी वीरगञ्जबाट हेटौंडातर्फ लैजाँदै गरेको अवस्थामा उनी पक्राउ परेका थिए ।
उनलाई अवैध रूपमा चोरी पैठारी गर्ने कार्यमा संलग्न रही राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ अनुसार ९६ लाख ६० हजार ८ सय ६४ रुपैयाँ र बिगोबमोजिम शतप्रतिशत जरिवाना र कैद मागदाबी गर्दै उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जमा अभियोग पत्र दायर गरिएको छ।
साथै सोही मुद्दामा वीरगञ्ज महानगरपालिका वडा नं २८ बस्ने ४० वर्षीय शंकर साह सोनार भनिने शंकर प्रसाद सोनार र कलैया उपमहानगरपालिका-५ बस्ने ३७ वर्षीय इन्द्र कुमारी परियारउपर मुख्य अभियुक्तलाई हुने सजायको आधा सजाय मागदाबी गरी अभियोग पत्र दायर गरिएको सूचना अधिकारी नवराज अधिकारले जानाकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुर्तिबाङलाई नयाँ सहर बनाउने कार्य सुस्त गतिमा
-
बाँकेमा धमाधम काम गर्दै भूमि आयोग
-
मदन भण्डारी कपको उपाधि बस्नेत र न्यौपानेलाई
-
मोदीलाई जी–७ मा सहभागी हुने दिइएको निम्तो बारे क्यानडामा उठ्यो प्रश्न
-
युइएफए नेसन्स लिगः स्पेन र पोर्चुगल भिड्दै, यस्तो छ हेड टु हेड अवस्था
-
पदयात्रा पर्यटनसँग जोडिँदै सिङ्दी घरवास