युवा मिडफिल्डर रोहन कार्की काठमाडौँ रेजर्सको मार्की खेलाडी, तीन खेलाडी ‘रिटेन’
शुक्रबार, ०९ फागुन २०८१, १४ : ३८
काठमाडौँ । फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि सहभागी टोलीमध्येको एक काठमाडौँ रेजर्सले युवा मिडफिल्डर रोहन कार्कीलाई आफ्नो ‘मार्की खेलाडी’ बनाएको छ ।
रोहनले गत कार्तिकमा ताजकिस्तानविरुद्ध खेल्दै राष्ट्रिय टोलीबाट ‘डेब्यू’ गरेका थिए । युवा खेलाडीलाई मौका दिने उद्देश्यले रोहनलाई ‘मार्की खेलाडी’ बनाइएको काठमाडौँ रेजर्सले शुक्रबार जनाएको छ ।
यसैगरी, काठमाडौँ रेजर्सले एनएसएलको तेस्रो संस्करणका लागि तीनजना खेलाडीलाई रिटेन (आगामी सिजनका लागि क्लबमै राख्ने) गर्ने निर्णय पनि गरेको छ ।
काठमाडौँ रेजर्सले ‘ए’ श्रेणीबाट दिपेश गुरुङलाई तथा ‘बी’ श्रेणीबाट अभिषेक बराल र कुलदीप कार्कीलाई रिटेन गरेको हो । एनएसएलको अक्सन शनिबार हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण